पर्सा । वीरगञ्जमा बासस्थानमै सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो ।
पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षासहित चिडियाखाना निर्माण थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए । “चिडियाखाना निर्माण हुने ५० हेक्टर क्षेत्रफलमा अहिले बार लगाउने काम भइरहेको छ”, उनले भने, “यसका साथै परामर्शदाता नियुक्त गरेर चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम अघि बढेको छ”, ‘डिपीआर’ तयार भएलगत्तै चिडियाखानाको भौतिक संरचना निर्माण थालिने उनले बताए ।
चिडियाखाना निर्माणका लागि करिब रु तीन अर्बभन्दा बढी बजेट आवश्यक पर्ने र डिपीआर तयार भएपछि स्रोतको खोजी गरी निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले जानकारी दिए। चिडियाखाना पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गर्ने र वीरगञ्ज महानगरपालिकाले त्यसलाई सञ्चालन गर्नेगरी सम्झौता भएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए ।
चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले आफ्नो साझेदारी वन क्षेत्रमा चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ ।
सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको घाँस बुट्यान क्षेत्रले ३९ दशमलव ४ हेक्टर, सघन क्षेत्रले ७ दशमलव ५ र अतिक्रमण क्षेत्रले ३ दशमलव १ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वनमा मुख्य प्रजाति साल, कर्मा छभने कहिलेकहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगा, मैना, गरुड र सारस पनि पाइन्छन् ।
उक्त क्षेत्रमा घस्रिने कृमिवर्गका गोमन, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने भएकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त हुने संरक्षण अधिकृत खतिवडाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: