पर्सा । वीरगञ्जमा बासस्थानमै सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो ।
पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षासहित चिडियाखाना निर्माण थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए । “चिडियाखाना निर्माण हुने ५० हेक्टर क्षेत्रफलमा अहिले बार लगाउने काम भइरहेको छ”, उनले भने, “यसका साथै परामर्शदाता नियुक्त गरेर चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम अघि बढेको छ”, ‘डिपीआर’ तयार भएलगत्तै चिडियाखानाको भौतिक संरचना निर्माण थालिने उनले बताए ।
चिडियाखाना निर्माणका लागि करिब रु तीन अर्बभन्दा बढी बजेट आवश्यक पर्ने र डिपीआर तयार भएपछि स्रोतको खोजी गरी निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले जानकारी दिए। चिडियाखाना पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गर्ने र वीरगञ्ज महानगरपालिकाले त्यसलाई सञ्चालन गर्नेगरी सम्झौता भएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए ।
चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले आफ्नो साझेदारी वन क्षेत्रमा चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ ।
सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको घाँस बुट्यान क्षेत्रले ३९ दशमलव ४ हेक्टर, सघन क्षेत्रले ७ दशमलव ५ र अतिक्रमण क्षेत्रले ३ दशमलव १ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वनमा मुख्य प्रजाति साल, कर्मा छभने कहिलेकहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगा, मैना, गरुड र सारस पनि पाइन्छन् ।
उक्त क्षेत्रमा घस्रिने कृमिवर्गका गोमन, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने भएकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त हुने संरक्षण अधिकृत खतिवडाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...



प्रतिकृया लेख्नुहोस्: