Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

ईद पर्व किन ठाउँपिच्छे फरक दिनमा ? मिति निर्धारणको जटिल प्रक्रिया यस्तो छ

खबरडबली संवाददाता

काठमाडौं । संसारभरिका मुस्लिमहरूले पवित्र महिना रमजानको अन्त्यमा ईद उल-फित्र नामको महत्त्वपूर्ण पर्व मनाउँछन्। यस पर्वका दिन परिवारका सदस्यहरू राम्रा लुगा लगाएर एक ठाउँमा जम्मा हुन्छन् र भोज खान्छन्।

नेपालका मुस्लिम समुदायले यस साताको बिहीवार ईद मनाउँदै छन् र सरकारले सार्वजनिक बिदा पनि घोषणा गरिसकेको छ। विश्वका धेरै देशमा मनाइने यस पर्वको मिति निर्धारण प्रक्रिया भने जटिल छ। आहमेन खवाजा र अमिर रवाशले त्यसबारे यहाँ व्याख्या गरेका छन्।

चन्द्रमाको शक्ति

रमजान सकिन लाग्दा संसारभरिका १ अर्ब ९० करोड मुस्लिमहरूमध्ये धेरैले आकाश सफा होस् भन्ने कामना गर्छन्। उनीहरू स्पष्टसँग चन्द्रमाको विकासक्रम हेर्न चाहन्छन् र त्यसका आधारमा ईद मनाउन सुरु गर्ने तरखर गर्छन्।

रमजानजस्तै ईदको उत्सव पनि महिनाको पहिलो चन्द्रमा देखिएपछि सुरु हुन्छ। इस्लाम धर्ममा चन्द्रमासमा आधारित पात्रो प्रचलित छ। अर्थात् चन्द्रमाको गतिका आधारमा यसका तिथिमिति निर्धारण गरिन्छन्।

यस पात्रोको नवौँ महिनामा रमजान सुरु हुन्छ। सामान्यतया अघिल्लो वर्षभन्दा ११ दिनअघि चन्द्रमास सुरु हुन्छ।

मुस्लिमहरूका लागि यो पात्रो पछ्याउनु जरुरी छ किनकि रमजानलगायत उनीहरूका अधिकांश चाड कसरी र कहिले मनाउने भन्ने कुरा यसमा भर पर्छ। रमजान महिनाभरि व्रतालु मुस्लिमहरू सूर्योदयदेखि सूर्यास्तसम्म केही खाँदैनन् र केही पिउँदैनन्।

अन्योल

रमजान अर्थात् नवौँ महिना अन्त्य भएपछि शवाल अर्थात् दशौँ महिनाको पहिलो दिन ईद मनाइने कुरामा सबैको एकमत छ। तर यो दिन कहिले पर्छ भन्ने कुरा भने स्पष्ट छैन।

रमजानको अन्त्यमा ईद मनाउन कोही पूर्वनिर्धारित पात्रोको तिथिमिति हेर्छन् भने कोही खगोल अवलोकनकर्ताको घोषणा पर्खन्छन्। अधिकांश मुस्लिमहरू चन्द्रमाको घुमाउरो आकार 'क्रेसन्ट' देखिएपछि मात्र नयाँ महिना सुरु भएको मान्छन्।

तर सर्वसाधारण व्यक्तिले आफै आकाशमा हेरेर निर्धारण गर्नेभन्दा पनि इस्लाम धर्मका विभिन्न निकायहरूले तिथिमिति निर्धारण गर्छन्।

यो वर्ष ईद कहिले पर्छ?

चन्द्रमा देखिएको आधारमा ईद मान्ने मुस्लिमहरूका लागि यस साताको मङ्गलवार वा बुधवार नै ईद सुरु भएको मानिएको छ। तर तपाईँ कहाँ बस्नुहुन्छ, त्यसका आधारमा ईदको मिति निर्धारण हुन्छ। नेपालका मुस्लिमहरू बिहीवार ईद मनाउँदै छन्।

ईदको अघिल्लो रातसम्म कतिपय मुस्लिमहरू भोलिपल्ट चाड मान्ने कि नमान्ने भनी निर्धारण गर्न चन्द्रमा हेर्दै हुन्छन्। चन्द्रमाको क्रेसन्ट कहिले देखिन्छ भन्ने आधारमा कुनै चन्द्रमास २९ दिनको हुन्छ भने कुनै ३० दिनको।

सामान्यतया रमजानको २९औँ दिनको साँझदेखि मानिसहरू चन्द्रमा देखिने प्रतीक्षामा बस्छन्। जहिले चन्द्रमा देखिन्छ, त्यसको भोलिपल्ट ईद मानिन्छ। चन्द्रमा देखिएन भने थप एक दिन व्रत बस्नुपर्छ।

तिथि निर्धारणबारे फरकफरक चलन

कहिल्यै पनि संसारभरि एकै दिन ईद मनाइँदैन, एक वा दुई दिनको फरक हुन सक्छ।

उदाहरणका लागि सुन्नी समुदायका मुस्लिमको बाहुल्य रहेको साउदी अरबका अधिकारीहरूले नाङ्गो आँखाले चन्द्रमाको गति हेरेका सर्वसाधारणको भनाइका आधारमा रमजानको सुरुवात र अन्त्यको तिथि तय गर्छन्।

साउदी अरबलाई इस्लाम धर्मको उद्गमथलो मानिन्छ। त्यसैले अन्य कैयौँ देशहरूले यही विधिलाई अनुशरण गर्छन्।

तर बहुसङ्ख्यक शिया समुदायको बसोबास रहेको इरानमा भने सरकारी अधिकारीहरू आफैले आँखाले चन्द्रमा हेरेर मिति घोषणा गर्ने गरेका छन्।

बहुसङ्ख्यक शिया समुदाय रहेको तर अल्पसङ्ख्यक सुन्नी समुदाय पनि भएको इराकमा शिया समुदायले प्रभावशाली धर्मगुरु आयतोल्लाह अलि अल-सिस्तानीको घोषणाका आधारमा ईद मनाउँछ भने सुन्नी समुदायमा त्यस्तो घोषणा गर्न छुट्टै धर्मगुरुहरू छन्।

औपचारिक रूपमा धर्मनिरपेक्ष तर बहुसङ्ख्यक जनसङ्ख्या मुस्लिम रहेको टर्कीमा रमजानको सुरुवात र अन्त्यको तिथि निर्धारण गर्न खगोलीय गणना गर्ने गरिएको छ।
युरोपका प्रायः मुस्लिमहरूले आआफ्ना समुदायका अगुवाहरूको घोषणालाई पर्खन्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending