Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : कांग्रेस नेता पौडेल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताएका छन् । 

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताए । 

“नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो”, उनले भने । 

नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको उल्लेख गरे । उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न आग्रह गरे । “जुन सङ्गठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन”, नेता पौडेलले भने । 

नेविसङ्घका पूर्वअध्यक्ष समेत रहेका पौडेलले शैक्षिक मुद्दालाई नेविसङ्घले आफ्नो एजेण्डामार्फत सूत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताए । 

नेवि सङ्घका केन्द्रीय सदस्य सन्तोष गुरुङले गण्डकी प्रदेशभित्र सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । कार्यक्रममा नेविसङ्घका नेताहरु सुवास पौडेल, पुजन गन्धर्व, डा कला पन्त, सुदीप अधिकारी, सुवास घिमिरेलगायतले नेविसङ्घलाई विद्यार्थीको हक, हित र अधिकारमा प्रयोग गर्दै नयाँ ढङ्गले सङ्गठन अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्रेषणको रकम जलविद्युत आयोजनामा लगानी गर्न समझदारी

काठमाडौं । विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  आज लग...

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा...

बझाङमा उप निर्वाचन: एकीकृत समाजवादीसहित आठ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ ।  एमा...

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भार...

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ:एमाले अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न ...

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं: परराष्ट्र मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृ...

इलाम-२ मा एमालेका सुहाङको अग्रता कायमै

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ क...

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ ।  यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई स...

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।  गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका ...

अर्घाखाँचीमा आगोमा परी चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ ।  भूमिकास्थान नगरपालिका-५ असुरकोट...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies