Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भनेका छन् ।

छ महिना लामो युद्धका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको भन्दै विश्वव्यापी आक्रोश बढेसँगै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले द्वन्द्व व्यवस्थापनलाई सही दिशा दिन नसकेको बताए । उनले गाजामा युद्धविरामको आवश्यकता दोहोर्‍याए । 

“मलाई लाग्छ, उहाँले जे गरिरहनुभएको छ, त्यो गल्ती हो । म उहाँको दृष्टिकोणसँग सहमत छैन,” बाइडेनले स्पेनी भाषाको टिभी नेटवर्क युनिभर्सियनलाई दिएको अन्तर्वार्तामा भने । 

उनले नेतन्याहूलाई ‘युद्धविरामका लागि आह्वान गर्न, आगामी छदेखि आठ हप्ताका लागि अनुमति दिन र देशमा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न’ आग्रह गरे । 

अमेरिका, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो जसले गाजा पट्टीमा बढ्दो भोकमरी सङ्कटलाई सम्बोधन गर्न सहायता वितरण बढाउने प्रस्ताव पनि गरे । 

इजरायलले सहायतामा कुनै प्रतिबन्ध नलगाएको र अमेरिका र संयुक्त राष्ट्रसङ्घको मागलाई पालना गरेको जनाएको छ ।
मानवीय सामग्रीको प्रवाह बढाउन कदम चाल्न इजरायल सरकारको नाममासर्वोच्च अदालतबाट बुधबारसम्मको समयसीमा तोकिएको छ । 

इजरायलले राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाएको र गाजावासीलाई आधारभूत आवश्यकता प्रदान गर्न असफल भएको आरोप लगाउने पाँच गैरसरकारी संस्थाहरूले यो मुद्दा उठाएका थिए ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लुएले मङ्गलबार भनेको छ, “अनिकालको खबर पछि फेब्रुअरी र मार्चमा ४० प्रतिशतभन्दा बढी खाद्यान्न वितरण अभियानलाई बञ्चित गरिएको छ । मार्चपछि कुनै पनि यूएनआरडब्लुएका खाद्य सामग्री बोकेका गाडीलाई अनुमति दिइएको छैन ।”

मानवतावादीहरूले इजरायलले गाजामा भोकमरीलाई युद्धको विधिको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, जहाँ संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूले गाजाको जनसङ्ख्याको भण्डै आधा अर्थात् ११ लाख व्यक्तिले ‘घातक’ खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् । 

कोगाट नामक समुद्रपार आपूर्ति गर्ने इजरायली निकायका अनुसार आइतबार र सोमबार ७४१ वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन् भने मङ्गलबार थप ४६८ वटा ट्रक गाजा प्रवेश गरेका छन् ।

अक्टोबर ७ मा युद्ध सुरु हुनुअघि दैनिक करिब ५०० ट्रकले गाजालाई आपूर्ति गर्थे । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावरले पछिल्ला दिनहरूमा गाजामा आपूतिका लागि समुद्री क्षेत्रमा परिवर्तन देखिएको तर इजरायलले अझै धेरै गर्न आवश्यक रहेको बताए । 

उनले मङ्गलबारको सुनुवाइका क्रममा अमेरिकी सांसदहरूसँग भने, “गाजा र सुपरमार्केटमा अनिकालजस्तो अवस्था छ भने खाद्यान्न प्रवेशका लागि बाटो अवरोध हुँदा केही किलोमिटर टाढा खाद्यान्नको ह्रास लागेको छ ।”

ह्वाइट हाउसले इजरायलले युद्धविरामका लागि ‘केही कदम अघि बढाएको’ बताएको छ भने हमासको प्रतिक्रिया ‘उत्साहजनक भन्दा कम’ रहेको बताएको छ । पछिल्लो प्रस्तावअनुसार छ हप्तासम्म युद्ध रोकिने, गाजामा रहेका करिब ४० महिला र बालबालिकालाई इजरायलले बन्धक बनाएका सयौं प्यालेस्टाइनी कैदीसँग आदानप्रदान गर्ने र दैनिक ५०० सम्म सहायता ट्रक गाजा प्रवेश गर्ने हमासको स्रोतले जनाएको छ ।

हमासका नेता इस्माइल हनियेहले इजरायलले युद्ध अन्त्यको मागलाई सम्बोधन गर्न असफल भएको आरोप लगाए । इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायलले ‘आफ्ना सबै बन्धकहरूलाई’ घर फर्काउने र गाजा क्षेत्रबाट लडाकूहरूलाई हटाउने दोहोरो लक्ष्य हासिल गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending