Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

तनहुँमा सातवटा पक्की पुल तयार

खबरडबली संवाददाता

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् । 

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन  रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिए । निर्माणाधीन पुलका लागि रु २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा रु तीन करोड २६ लाख २१ हजार खर्च भएको छ ।  चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा रु ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा रु ३० लाखको लागतमा अर्को पुल बनाइएको छ । 

गत आवमा रु ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा रु ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा रु ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा रु ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा रु ५० लाखमा पुल बनेका हुन् । 

 इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा रु ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा रु चार करोडको लागतमा पुल निर्माणाधीन  छ । शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा रु तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा रु एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा रु एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा रु एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ । 

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा रु एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा रु एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा रु ५० लाखको लागतमा पुल बनिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीकाे पाटनमा एक पुरुष शव फेला

बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन...

पोखराको एक खोलामा बालकको शव फेला

पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो ।  शवको पहिचान हुन बाँकी ...

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ ।  जल ...

अब आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छ: मन्त्री भण्डारी

कर्णाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताएका छन् ।  दैलेखको भैरवी गाउँपालिका–१...

चौंरी हेर्ने गन्तव्य बन्दै हेलम्बु

चौतारा । हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ  ।  चौँरीप्रति आन्तरिक त...

सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने ...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएकाे विश्वासको मत विवादमा, कांग्रेस अदालत जाने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले...

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८...

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।  सामान्य रुपमा फेसबुकमा भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies