सर्लाही । वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा भीमनाथ अधिकारी संयोजकत्वको सात सदस्यीय कार्यदलले आज जिल्लाको बागमती र बरहथवा नगर अन्तर्गतका प्रभावित क्षेत्रको अनुगमन गरेको हो । टोली सोमबार साँझ बागमती आइपुगेको थियो ।
टोलीले आज बिहानैबाट बरहथवा र बागमती क्षेत्रका किसानको खेतमै पुगेर निरीक्षण गरेको हो । किसानसँग प्रत्यक्ष भेटी मकैखेतीबारेमा जानकारी लिने काम गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार प्रारम्भिक जानकारीअनुसार मौसम प्रतिकुल हुँदा मकैको फूल र घोगामा हुनुपर्ने परागसेचन प्रक्रिया पूरा नहुँदा दाना नलागेको पाइएको छ ।
यस विषयमा थप परीक्षणलगायतका विधिबाट समस्या पत्ता लगाइने उनले जानकारी दिए। निरीक्षणका क्रममा कात्तिकदेखि मङ्सिर पहिलो हप्तासम्म लगाइएको वर्णशङ्कर जातका मकैमा दाना नलाग्ने समस्या देखिएको बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका डा प्रकाश आचार्यले बताए । उनका अनुसार यस अवधिमा लगाइएका मकैमा १० देखि ३० प्रतिशतसम्म क्षति पुगेको छ ।
अनुगमनका क्रममा किसानले आफ्नो समस्या टोली समक्ष राखेका छन् । सर्लाहीको बागमती, बरहथवालगायत क्षेत्रका किसानले उन्नत जातको मकैमा दाना नलागेको गुनासो गरेका थिए । किसानको गुनासोपछि बीउविजन गुणस्तर नियन्त्रण केन्द्रले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो ।
डा अधिकारी संयोजक रहेको कार्यदलको सदस्यमा मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक डा महेन्द्रप्रसाद त्रिपाठी, राष्ट्रियबाली प्रजनन केन्द्र खुमलटारका डा उज्जवलकुमार सिंह कुशहवा, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रतिनिधि रहेका छन् ।
त्यस्तै बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका डा प्रकाश आचार्य सदस्य सचिव रहनुभएको छ । कार्यदललाई प्रभावित क्षेत्रमा निरीक्षण एवम् छलफल गर्ने, मकैको जात, क्षेत्रफल, प्रभावित किसानको विवरण, बीउबिक्रेता तथा आयातकर्ताको विवरण सङ्कलन गर्ने, प्राविधिक राय पेस गर्ने, बीउको जातीय शुद्धता पहिचान गर्ने जिम्मेवारी दिइएको छ ।
अनुगमनका उन्नत जातका अधिकांश मकैमा समस्यादेखिको कार्यदलले जनाएको हो । सर्लाहीमा मात्र विभिन्न जातको ५० मेट्रिक टन उन्नत जातको बीउ वितरण भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यसबाट कम्तीमा दुई हजार हेक्टर मकै खेतीमा क्षति भएको हुनसक्ने केन्द्रका प्रमुख देवानन्द यादवले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १८:११
काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...



प्रतिकृया लेख्नुहोस्: