सर्लाही । वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा भीमनाथ अधिकारी संयोजकत्वको सात सदस्यीय कार्यदलले आज जिल्लाको बागमती र बरहथवा नगर अन्तर्गतका प्रभावित क्षेत्रको अनुगमन गरेको हो । टोली सोमबार साँझ बागमती आइपुगेको थियो ।
टोलीले आज बिहानैबाट बरहथवा र बागमती क्षेत्रका किसानको खेतमै पुगेर निरीक्षण गरेको हो । किसानसँग प्रत्यक्ष भेटी मकैखेतीबारेमा जानकारी लिने काम गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार प्रारम्भिक जानकारीअनुसार मौसम प्रतिकुल हुँदा मकैको फूल र घोगामा हुनुपर्ने परागसेचन प्रक्रिया पूरा नहुँदा दाना नलागेको पाइएको छ ।
यस विषयमा थप परीक्षणलगायतका विधिबाट समस्या पत्ता लगाइने उनले जानकारी दिए। निरीक्षणका क्रममा कात्तिकदेखि मङ्सिर पहिलो हप्तासम्म लगाइएको वर्णशङ्कर जातका मकैमा दाना नलाग्ने समस्या देखिएको बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका डा प्रकाश आचार्यले बताए । उनका अनुसार यस अवधिमा लगाइएका मकैमा १० देखि ३० प्रतिशतसम्म क्षति पुगेको छ ।
अनुगमनका क्रममा किसानले आफ्नो समस्या टोली समक्ष राखेका छन् । सर्लाहीको बागमती, बरहथवालगायत क्षेत्रका किसानले उन्नत जातको मकैमा दाना नलागेको गुनासो गरेका थिए । किसानको गुनासोपछि बीउविजन गुणस्तर नियन्त्रण केन्द्रले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो ।
डा अधिकारी संयोजक रहेको कार्यदलको सदस्यमा मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक डा महेन्द्रप्रसाद त्रिपाठी, राष्ट्रियबाली प्रजनन केन्द्र खुमलटारका डा उज्जवलकुमार सिंह कुशहवा, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रतिनिधि रहेका छन् ।
त्यस्तै बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका डा प्रकाश आचार्य सदस्य सचिव रहनुभएको छ । कार्यदललाई प्रभावित क्षेत्रमा निरीक्षण एवम् छलफल गर्ने, मकैको जात, क्षेत्रफल, प्रभावित किसानको विवरण, बीउबिक्रेता तथा आयातकर्ताको विवरण सङ्कलन गर्ने, प्राविधिक राय पेस गर्ने, बीउको जातीय शुद्धता पहिचान गर्ने जिम्मेवारी दिइएको छ ।
अनुगमनका उन्नत जातका अधिकांश मकैमा समस्यादेखिको कार्यदलले जनाएको हो । सर्लाहीमा मात्र विभिन्न जातको ५० मेट्रिक टन उन्नत जातको बीउ वितरण भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यसबाट कम्तीमा दुई हजार हेक्टर मकै खेतीमा क्षति भएको हुनसक्ने केन्द्रका प्रमुख देवानन्द यादवले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: