Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सुरक्षाकर्मीले सफा गरे सीमा क्षेत्रको फोहर

खबरडबली संवाददाता

सिरहा । सिरहाको बरयारपट्टी र भारतको लदनियाअन्तर्गतको सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेका फोहरमैला व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेका छन् । 

सिरहाको सशस्त्र प्रहरी नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश वोम्जनको कमान्डमा खटिएको ३५ जनाको टोली, भारतीय सीमा सुरक्षा बललगायतले नेपाल प्रहरी बरियारपट्टीको दशगजा क्षेत्रमा जथाभावी फालेको फोहर सफा गरेको छ ।

दुवै देशका सुरक्षाकर्मीले बरियारपट्टी गाउँपालिका–३ स्थित सीमा पिलर २५६ देखि २५५/३ सम्मको दशगजा क्षेत्र सरसफाइ गरी सङ्कलित फोहरमैला आगो लगाएर व्यवस्थापन गरेका हुन् । सीमा पिलर वरिपरि पलाएको झार तथा बुट्यान पनि काटेर सफा गरिएको छ ।

सरसफाइसँगै  सीमा वारपार हुने अपराध क्रियाकलाप नियन्त्रण गर्ने  छलफलसँगै र स्थानीय गुनासो बुझ्न यो कार्य भएको सिरहाको सशस्त्र प्रहरी नं ७ गणका सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैह्ररी जानकारी दिए । 

विहार लदनियाँका राजदेव यादवले दशजगा क्षेत्रमा भएको सरसफाइको यो दृश्यले दुई देशका नागरिक र सुरक्षाकर्मीबीच सम्बन्ध प्रगाढ हुने बताए । उनले यस्ता गतिविधिले निरन्तरता पाएमा सीमा सुरक्षा व्यवस्थापन थप सहज हुने बताए । 

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी विओपी बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक नवराज खत्री, इलाका प्रहरी कार्यालय बरियारपट्टीका प्रहरी नायब निरीक्षक सञ्जीव साह, भारतीय सुरक्षा बल (एसएसबी) ४१ बटालियन  लदनियाँ  कमाण्डर गान्धी राम,  बजार व्यवस्थापन समितिका  अम्बे यादवलगायत  स्थानीय  सरसफाइमा सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending