Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

केरा किसानले अझै पाएनन् बीमाबापतको रकम

खबरडबली संवाददाता

चितवन । जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन् ।

केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन् । उनले भने, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो । अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन ।”

हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बीमा गर्ने गर्दछन् । जिल्लामा करिब तीन सय किसानले केराको बीमा गरेका छन् । ती बीमित किसानले रु आठ करोड हाराहारी बीमा दाबीसहित निवेदन दिएको उनले बताए । 

जसमध्ये अधिकांशको बीमाबापतको रकम सुरुआतमा नै आएको भए पनि अहिलेसम्म बाँकीको रकम नआउँदा किसान मर्कामा परेको उनले जानकारी दिए । उनले भने, “अझै चितवनका केरा उत्पादक किसानले बीमा दाबी भुक्तानीमार्फत रु एक करोड ५० लाखदेखि दुई करोडसम्म पाउन बाँकी छ ।”

सङ्घका पूर्वअध्यक्ष घनश्याम महतो आर्थिक वर्ष २०७८/०७९ को बीमाबापतको रकम पाउन नसकेको बताए । उनले भने, “किसानले पटकपटक बीमा कम्पनीमा सम्पर्क गर्दा पनि भुक्तानी पाउन सकेका छैनन् ।” क्षति भएको ३५ दिनभित्र बीमाबापतको रकम दिने भनिएको भए पनि दश महिनादेखि रकम पाउन नसक्दा किसान समस्यामा परेको उनले बताए । उनले भने, “किसान गयो पैसा निकासा भएको छैन भनेर पठाउँछ ।”

शिखर इन्सुरेन्स कम्पनी लि नारायणगढ शाखाका व्यवस्थापक अरुणदेव आचार्य राज्यले दिने अनुदान रकम निकासा नहुँदा किसानले बीमा भुक्तानी पाउन कठिन भएको बताए । उनले भने, “किसानले निवेदन दिएको लामो समय भयो । समस्यामा परेका छन् । अब केही निकास निस्किन्छ होला ।” अहिले सरकारले अनुदानबापतको रकम पठाएको आफूले जानकारी पाएको जनाउँदै उनले केही समयमा नै भुक्तानीबापतको रकम पाउन सक्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...

जापानका किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि प्रयोग बढ्दै

टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending