Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् ।  

तीन दिनअघि काठमाडौं महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताए । उनि भन्छन्, “कतिपय विद्यालयले पुस्तक वितरण पनि आफैँ गर्ने, आफूले भनेकै ठाउँमै गएर किन्नुपर्ने नियम बनाएका छन् । त्यो बाध्यताको अन्त्य हुनुपर्छ ।” 

उनले एक त अभिभावकले शुल्ककै मार खेपिरहेकै बेला भनेकै ठाउँमा किताब, पोसाकलगायतका सामान किन्न लगाउनु गलत कार्य रहेको बताए । उनले भने, “गरिबका छोराछोरीले जसोतसो रकम जुटाएर पढ्न आएका हुन्छन् । यहीँबाट नै किन्नुपर्छ भन्ने नियम व्यापारिक प्रायोजनले गरिएको कामजस्तो देखियो जुन खराब हो । महानगरपालिकाको काम स्वागतयोग्य छ ।”

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालयमा कमिसनको चक्कर अन्त्य हुनुपर्ने तर्क राखे । उनले भने, “पोसाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री सामानमा दुवै निजी तथा सरकारी विद्यालयमा कमिसनको चक्कर बेठीक छन् । किताब विद्यालयले बेच्ने होइन नी पसलेले बेच्ने हो । यो नियमको सबैले पालना गर्नुपर्छ ।” 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्षम डिके ढुङ्गानाले विद्यालयले आफैँ पाठ्यपुस्तक र पोसाक बिक्री गर्न नपाउने नियम पहिलादेखि नै भएको र सबैले पालना गरिरहेको बताए । उनले भने, “यस्तो कार्य विद्यालयले गर्न पाउँदैनन् । पहिलादेखिको निर्णय हो । प्याब्सनअन्तर्गतका विद्यालयले त्यो बिक्री पनि गर्दैनन् ।  हाम्रो त स्पष्ट मान्यता छ ।”  

त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मुक्तान भन्छन्, “यो एकदमै राम्रो निर्णय हो । विद्यालयले अभिभावकलाई ग्राहक बनाउने होइन । विद्यालयले त ज्ञान बाँड्ने हो, ज्ञान प्रदान गर्ने ठाउँमा व्यापार गर्न थालेको देखिन्छ । यो नियन्त्रणका लागि यो गरिएको कदम राम्रो छ । अभिभावकले आफ्ना बच्चाका लागि विद्यालयबाट नै किन्नुपर्ने नभई खुला बजारबाट जहाँ सस्तो र सुलभरुपमा पाइन्छ त्यहीँ किन्न पाउनुपर्छ ।”

सबै विद्यालयले शैक्षिक सत्र २०८१ का लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा सूचीकृत भएका थप पाठ्य सामग्री मात्र प्रयोग गर्नुपर्ने, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका वा पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले प्रधानाध्यापकले स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, शैक्षिक सामग्रीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending