Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

खबरडबली संवाददाता
दाङ । तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ ।  वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक सङ्घमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।
समितिको आइतबार बसेको निर्णयअनुसार सन्तानलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेछ । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि समिति, शिक्षक तथा सङ्घमा आबद्धहरुले सोही विद्यालयमा पढाउनुपर्ने निर्णय भएको बताए । यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रधानाध्यापक पौडेलको विश्वास छ । 
साथै आगामी शैक्षिकसत्रदेखि तीन विषयमा ‘ग्रेस माक्र्स’ थप गरी कक्षा चढाउने परम्परालाई पनि बन्द गर्ने विद्यालयले निर्णय गरेको छ । विद्यार्थीलाई सक्षमताका आधारमा कक्षा वृद्धि गर्दा नै त्यसले शैक्षिकउपलब्धि हासिल हुने प्रधानाध्यापक पौडेलले बताए । 
तीन माध्याममा पढाइ
विद्यालयले आगामी वर्षदेखि तीन तहमा पठनपाठन गराउनेसमेत तयारी गरेको छ । नेपाली, अङ्ग्रेजी र विशिष्टखालको अङ्ग्रेजी माध्याममा पठनपाठन गराउनेसमेत प्रधानाध्यापक डेलले बताएयो । उनले शिशु, एलकेजी र युकेजीमा २५÷२५ जना, कक्षा १ देखि ५ सम्म ३०÷३० जना र ६ देखिमाथि ४०/४० जनालाई त्यस्तो शिक्षा दिने तयारी रहेको बताए।  
विशिष्टखालको अङ्ग्रेजी पढाइका लागि कक्षा ६ देखिमाथिका विद्यार्थीलाई मासिक एक हजारदेखि एक सय पाँच सयसम्म शुल्क लिने गरी तयारी गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । विशिष्टखालको कक्षाका लागि एसी, एड्भान्स ल्याप्टपसहितको व्यवस्थापन गरिएको छ 
खेलमा पनि सक्रिय
उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ । कराते, तेक्वान्दो, भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेकोसमेत प्रधानाध्यापक पौडेलले बताए । 
उनका अनुसार विद्यालयमा सङ्गीतको कक्षा चलिरहेको छ । जसबाट विद्यार्थीले सङ्गीत गरेर आम्दानी पनि गरिरहेका छन् । पठनपाठनका लागि डायरी सिस्टम लागू भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेकोजस्ता कुराहरु त्यो डायरीमा टिप्ने उनले बतााए  ।  
पाँच प्राविधिक विषय पनि अध्ययन 
विद्यालयमा पाँच वटा प्राविधिक कक्षा पनि सञ्चालन भइरहेका छन् ।  जेयोमेटिक डिप्लो, आइटी डिप्लोमा, इलेक्ट्रिकल ९–१२, इलेक्ट्रिकल र आइटीमा २४ महिने कक्षा सञ्चालन भइरहेका छन् । आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय पनि पठनपाठन गराउने तयारी रहेको प्रधानाध्यापक पौडेलले बताए ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending