काठमाडौं । गणतन्त्र खरोजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गर्न लागेको हो ।
सरकारलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो । आउँदो २७ चैतमा पार्टीले काठमाडौंमा वृहत जनप्रदर्शन आयोजना गर्दै छ । त्यसकै पूर्वसन्ध्यामा आज राप्रा निकट सेवानिवृत्त सैनिकहरु सडकमा निस्किने भएका हुन् । राजनीतिक मुद्दाका लागि भुपु सैनिकहरु पहिलोपटक यसरी निस्किन लागेको सगठनका अध्यक्ष अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्कीले बताए । मार्चपासमा कम्तिमा पनि ३ हजार भुपु सैनिक सहभागी हुने उनको दावी छ ।
भुपु सैनिकको मार्चपास भृकुटीमण्डपबाट ११ बजे सुरु हुने छ । भुपु सैनिकहरु दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिनेछन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक हुँद पद्मोदय स्कुल अगाडि सभामा परिणत हुने कार्कीले जानकारी दिए । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्वोधन गर्नेछन् ।
राप्रपाले २७ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै शक्ति लगाइरहेको छ । वृहत जनप्रदर्शनको अघिल्लो दिन सोमबार नेपाल सनातन धर्म संस्कृति संगठनले शंख जुलुस निकालिने राप्रपाले जनाएको छ । काठमाडौं उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकेको छ भने ति कमाण्डरले पनि वडा कमाण्डर तोकेर कार्यक्रम सफल बनाउने गरी काम गरिरहेका छन् । ती कमाण्डरको नेतृत्वमा काठमाडौं उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र र्याली निकाल्ने तयारी छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्नेलगायतका उल्लेख छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: