सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने चट्टानी छारे भीरको सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले भीरमा एक वर्षयता विष्फोट कार्य गरेर मेशिनले सडक निर्माण कार्य सुरू गरेपछि भीरको काम अन्तिम चरणमा पुगेको हो ।
बिगत डेढ महिनादेखि चट्टानी भीरमा विष्फोट कार्यका लागि ड्रेलिङ मेशिनबाट होल खोप्दै आएका धनमानसिंह भण्डारीले जिल्लाको खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारे भीर क्षेत्रको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।
दुई सय मिटर कडा र अग्लो चट्टानी भीरमा सेनाले विष्फोट र मेशिनबाट सफा गर्ने कार्य संगसँगै गर्न थालेपछि सडक निर्माण कार्य तीव्र हुन गएको हो ।
कामदारहरूले विष्फोटका लागि होल खोप्ने कार्य अन्तिम चरणमा पुर्याएका छन् । निर्माचणको काम अन्तिम चरणमा पुगेसँगै नेपाली सेनाले कामदारको संख्यामा पनि घटाएको छ । कम कामदारले पनि समयमै कार्यसम्पन्न हुने देखिएपछि सेनाले कामदारको संख्या कम गरेको हो । त्यहाँ हाल पच्चीस जनाले काम गरिरहेका छन् ।
दुल्ली कुनादखि लालीबगरसम्मको असजिलो सडकमा २०७८ साल चैत महिनाबाट सरकारले नेपाली सेनालाई काम गर्न दिने निर्णय गरे अनुसार काम सुरु भएको थियो ।
सो खण्ड हेर्ने नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख अम्रित पराजुलीले छारे भीरमा सडक निर्माण कार्यको प्रारम्भिक ट्राक खुलाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले निकै असजिलो भीर खण्डको दुई सय मिटर चट्टानमा विष्फोट गरेर मेशिनले विष्फोट भएको ढुंगा पन्छाउने र सफा गर्न मेशिन पुगेपछि काम अन्तिम चरणमा पुगेको बताए ।
अब सडकको ग्रेड मिलाउने, ग्याविन लगाउने र सडक चौढा बनाउने कार्यमा हुनेछ । उनले निर्धारित मिति मै सडकको निर्माण कार्य सम्पन्न गर्ने लक्षका साथ सेनाले काम गरि रहेको र कुनै प्राविधिक समस्या नआए तोकिएकै मितिका गाडी गुडाउन सेना सफल हुने बताए ।
पछिल्लो पटक सेनाले पाएको जिम्माको काम दुल्ली कुनादेखि लालीबगरसम्मको एघार किलो मिटर सडकको अन्य भागमा भने यसअघि नै सडक निर्माण कार्य गरिसकेको थियो ।
असार मसान्तसम्म सो खण्डको सडकको निर्माण कार्य सम्पन्न गरेर सेनाले हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: