सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने चट्टानी छारे भीरको सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले भीरमा एक वर्षयता विष्फोट कार्य गरेर मेशिनले सडक निर्माण कार्य सुरू गरेपछि भीरको काम अन्तिम चरणमा पुगेको हो ।
बिगत डेढ महिनादेखि चट्टानी भीरमा विष्फोट कार्यका लागि ड्रेलिङ मेशिनबाट होल खोप्दै आएका धनमानसिंह भण्डारीले जिल्लाको खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारे भीर क्षेत्रको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।
दुई सय मिटर कडा र अग्लो चट्टानी भीरमा सेनाले विष्फोट र मेशिनबाट सफा गर्ने कार्य संगसँगै गर्न थालेपछि सडक निर्माण कार्य तीव्र हुन गएको हो ।
कामदारहरूले विष्फोटका लागि होल खोप्ने कार्य अन्तिम चरणमा पुर्याएका छन् । निर्माचणको काम अन्तिम चरणमा पुगेसँगै नेपाली सेनाले कामदारको संख्यामा पनि घटाएको छ । कम कामदारले पनि समयमै कार्यसम्पन्न हुने देखिएपछि सेनाले कामदारको संख्या कम गरेको हो । त्यहाँ हाल पच्चीस जनाले काम गरिरहेका छन् ।
दुल्ली कुनादखि लालीबगरसम्मको असजिलो सडकमा २०७८ साल चैत महिनाबाट सरकारले नेपाली सेनालाई काम गर्न दिने निर्णय गरे अनुसार काम सुरु भएको थियो ।
सो खण्ड हेर्ने नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख अम्रित पराजुलीले छारे भीरमा सडक निर्माण कार्यको प्रारम्भिक ट्राक खुलाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले निकै असजिलो भीर खण्डको दुई सय मिटर चट्टानमा विष्फोट गरेर मेशिनले विष्फोट भएको ढुंगा पन्छाउने र सफा गर्न मेशिन पुगेपछि काम अन्तिम चरणमा पुगेको बताए ।
अब सडकको ग्रेड मिलाउने, ग्याविन लगाउने र सडक चौढा बनाउने कार्यमा हुनेछ । उनले निर्धारित मिति मै सडकको निर्माण कार्य सम्पन्न गर्ने लक्षका साथ सेनाले काम गरि रहेको र कुनै प्राविधिक समस्या नआए तोकिएकै मितिका गाडी गुडाउन सेना सफल हुने बताए ।
पछिल्लो पटक सेनाले पाएको जिम्माको काम दुल्ली कुनादेखि लालीबगरसम्मको एघार किलो मिटर सडकको अन्य भागमा भने यसअघि नै सडक निर्माण कार्य गरिसकेको थियो ।
असार मसान्तसम्म सो खण्डको सडकको निर्माण कार्य सम्पन्न गरेर सेनाले हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...



प्रतिकृया लेख्नुहोस्: