एजेन्सी । संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको ३० मिनेटको टेलिफोन वार्तामा इजरायलप्रतिको अमेरिकी नीति गाजामा रहेका नागरिक र सहायताकर्मीको सुरक्षामा निर्भर रहेको बताएका थिए ।
त्यसको केही घण्टापछि नै बिहीबार मध्यरातमा नै इजरायलले अवरुद्ध गाजामा थप सहायता मार्ग खोल्ने घोषणा गरेको छ । नेतन्याहूको कार्यालयले भनेको छ, “इजरायलको युद्ध क्याबिनेटले अश्दोद बन्दरगाह र एरेजमार्फत सहायता वितरण गर्न अस्थायी अनुमति दिएको छ ।
ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको आग्रहमा लिइएको उक्त कदमको स्वागत गरेको छ र यसलाई ‘अब पूर्ण र द्रुत रूपमा कार्यान्वयन गरिनुपर्छ’ भनेको छ ।
इजरायलले हमासविरुद्ध छ महिनादेखि जारी युद्धका कारण भएको क्षतिलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ र इजरायलको मुख्य समर्थक वासिङ्टनले कडा आलोचना खेप्नुपरेको छ ।
हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक अभियानले कम्तीमा ३३ हजार ३७ जनाको ज्यान लिइसकेको छ ।
अक्सफामका अनुसार उत्तरी गाजाका प्यालेस्टिनीहरूले जनवरीदेखि दैनिक औसत २४५ क्यालोरीमा मात्र बाँच्नुपरेको छ । इजरायलले पटक–पटक सहायता कटौती गरेको र सहायता समूहलाई निशाना बनाएको आरोप परोपकारी संस्थाहरूले लगाउँदै आएका छन् ।
यस हप्ता इजरायलले गाजामा खाद्यान्न वितरण गरिरहेका सात जना मानवीय कार्यकर्ताहरूको ज्यान लिने गरी गरेको आक्रमणले भोकमरी रोक्ने प्रयास र इजरायली दमनलाई उजागर गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: