Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

बालेनले नेपाली नाम राख्न नमान्ने विद्यालय बन्द गराउलान् ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाण्डू महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत विद्यालयलाई "नेपालीपन झल्कने नाम" राख्न ३५ दिनको म्याद दिएको छ। 

महानगरपालिकाको शिक्षा विभागले बुधवार एउटा सूचना प्रकाशित गर्दै "गैरनेपाली" नाम भएका विद्यालयहरूलाई तदनुरूप नामकरणका लागि पुनः ताकेता गरेको हो।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार विद्यालयहरूलाई यसअघि एक वर्षको अवधि दिइएकोमा विदेशी नाम फेर्न फेरि अर्को म्याद दिइएको हो। पछिल्लो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र शिक्षा विभागमा अनिवार्य रूपमा सम्पर्क गर्न महानगरपालिकाले भनेको छ।

मौलिक नामाकरणका लागि व्यवस्थापन समितिबाट प्रस्तावित नामबारे निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्यालयहरूले विभागमा निवेदन दिनुपर्नेछ।

नाममा आपत्ति 

काठमाण्डूमा सञ्चालनमा रहेका अधिकांश संस्थागत विद्यालय वा क्याम्पसका नाम नेपाली मौलिकता झल्काउनेभन्दा विदेशी राखिएकोमा चर्को आलोचना हुने गरेको छ।

मेरिडिअन इन्टरन्याश्नल, क्याम्पिअन, प्यारागन, ग्यालेक्सी इन्टरन्याश्नल, कोलम्बस इन्टरन्याश्नल, रिलायन्स, केम्ब्रिज, इलिक्सर एकेडेमी, सेन्ट जेभिअर्स, जेम्स, टेक्सस आदि थुप्रै विद्यालयले अङ्ग्रेजी नाम राखेका छन्।

महानगरपालिकाका अनुसार अब त्यस्ता नाम फेरेर नेपालीपन झल्कने गरी संस्थागत विद्यालयहरूले आफ्नो नामकरण गर्नुपर्ने हुन्छ।

“हामी जहाँ छौँ त्यहाँको मौलिकता होओस् भन्ने हो। हाम्रो निर्भरता आफ्नो देशमाथि भएन भने पछि गएर हामीलाई राम्रो हुँदैन,” कारणबारे मानन्धरले भने।

धार्मिक एवं सांस्कृतिक रूपमा धनी काठमाण्डूमा मौलिक पहिचान झल्कने नामहरू राख्ने अभियानमा अहिले महानगर रहेको सहायक प्रवक्ता दीपक अधिकारीले बताए।

महानगरको प्रमुखमा बालेन्द्र शाह 'बालेन' निर्वाचित भएपश्चात्‌ उक्त प्रयासमा तीव्रता दिएको उनी बताउँछन्।

“कानुनमा भएकै कुरालाई कार्यान्वयनमा लैजाने काममा हामी लागेका हौँ,” सहायक प्रवक्ता अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार काठमाण्डू महानगरपालिकाभित्र ५१२ वटा विद्यालय रहेकामा तीमध्ये ३०० वटाभन्दा केही बढी संस्थागत विद्यालय अङ्ग्रेजी नामसहित सञ्चालनमा छन्।

नाम नफेरे के हुन्छ ?

आफ्नो निर्देशनविपरीत नाम फेर्न अस्वीकार गर्ने विद्यालयहरूमाथि कारबाही गरिने महानगरपालिकाले सूचनामार्फत् चेतावनी दिएको छ।

“…अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधनसहित), काठमाण्डू महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराइन्छ,” सूचनामा उल्लेख छ।

महानगरपालिकाका प्रवक्ता मानन्धरले पनि निर्देशनको अवज्ञा भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सङ्केत गरे। “नयाँ सत्रका लागि भर्ना रोक्नेदेखि विद्यालय बन्द गराउनेसम्म हुन सक्छ,” उनले अगाडि थपे।

शिक्षाविद्‌ के भन्छन् ?

नेपालमा सञ्चालनमा रहेका विद्यालय तथा कलेजहरूको मौलिक नेपाली नाम राख्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ।

ढिलै भए पनि काठमाण्डू महानगरपालिकाले चालेको कदम सराहनीय भएको शिक्षाविद्‌ प्रा विद्यानाथ कोइराला बताउँछन्। मौलिक नाम भए त्यसले विद्यार्थीलाई आफ्ना गाउँठाउँ, सम्पदासँग नजिक हुने काम पनि गर्ने उनको तर्क छ।

“एउटा स्कूलको नाम ब्रुकफील्ड राखियो, क्लिन्टन राखियो। त्यो भनेको के हो भनेर कसैले सोध्यो भने केटाकेटीले कहाँको भूगोल, कहाँको मान्छे बताउने?” कोइराला प्रश्न गर्छन्।

“बरु नेपालकै राजा सहलेश वा दीनाभद्री राखिदिएको भए को हुन् दीनाभद्री, को हुन् राजा सहलेश भन्ने थाहा हुन्थ्यो। ब्रुकफिल्डको साटो ककनी राखिदिएको भए आफ्नो देशभित्र त्यो कहाँ छ भनेर थाहा पाउँथे।”

“त्यसले केटाकेटीलाई आफ्नोपनप्रति मोह पनि जगाउँथ्यो,” मौलिक नामबाट हुने फाइदा औँल्याउँदै उनले भने।

विद्यालय सञ्चालक के भन्छन् ?

काठमाण्डू महानगरपालिकाको कदम सकारात्मक भए पनि सबै संस्थागत विद्यालयलाई एउटै डालोमा राखेर हेर्न नहुने कतिपय सञ्चालकको तर्क छ।

“कतिपय विद्यालय विदेशी ठाउँका नाममा छन्, कतिपय चर्चित व्यक्तित्वका नाममा छन्, कतिपय अङ्ग्रेजी शब्दमा नाम छन्। सबैलाई एकै हिसाबले हेर्न भएन,” प्याब्सन काठमाण्डूका अध्यक्ष प्रेम राईले बीबीसी न्यूज नेपालीसँग भने।

सबै संस्थागत विद्यालयको नाम फेरिएमा खासगरी कैयौँ वर्षदेखि सञ्चालनमा रहेका विद्यालय मर्कामा पर्ने उनको तर्क छ।

“लाखौँ विद्यार्थीको प्रमाणपत्र जारी भइसकेको छ। कतिपय बाहिर देशमा छन्। उनीहरूको शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणमा समस्या आउला। ब्र्यान्डिङ भइसकेका स्कूल फेरि नयाँ नामले स्थापित हुनुपर्ने हुन्छ,” राईले भने।

“अङ्ग्रेजी नामसँगै समस्या थियो भने पहिल्यै ती नाममा दर्ता नगर्नुपर्थ्यो।” वर्षौँदेखि सञ्चालनमा रहेका विद्यालयलाई साबिककै नाममा चल्न दिएर अब खुल्नेको नाम नयाँ ढङ्गले राख्न लगाउनुपर्ने राईको सुझाव छ।

नामकरणबारे व्यवस्था

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाण्डू महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० संस्थागत विद्यालयहरूलाई नामकरण गर्न भनिएको अधिकारीहरूले बताएका छन्।

महानगरको विद्यालय शिक्षा नियमावलीमा “समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल, वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने छ” भनी उल्लेख छ।

तर यो नियम लागु हुनुभन्दा अगावै नामकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागु हुने गरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ।

नियमावलीअनुसार आफ्नो नाममा 'पब्लिक' शब्द जोड्न चाहने संस्थागत विद्यालयले कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्छ।

नाममा 'न्याश्नल' शब्द जोड्न चाहने विद्यालयमा कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्छ भने 'इन्टरन्याश्नल' शब्द जोड्न चाहने विद्यालयमा कम्तीमा एकतिहाइ विदेशी विद्यार्थी हुनुपर्ने छ। “विद्यालयको नामको अन्तमा विद्यालय, स्कूल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने छ,” नियमावलीमा उल्लेख छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending