काठमाडौं । अफगानिस्तानको दक्षिणपूर्वी प्रान्त गजनीमा भएको विस्फोटमा परी नौ बालबालिकाको मृत्यु भएको छ । उनीहरूले पुरानो ल्यान्ड माइन वा ‘विस्फोटक बल’ फेला पारेको बताइएको छ, जससँग उनीहरू खेलिरहेका थिए।
बलसँग खेल्दै गर्दा विस्फोट भयो । तालिवानका प्रवक्ताले गजनी प्रान्तको गेरो जिल्लामा रहेको आफ्नो गाउँ नजिकै बालबालिकाले फेला पारेको बारुदी सुरुङ दशकौं पुरानो भएको बताएका छन् ।
तालिबानका प्रवक्ता हमिदुल्लाह निसारले आइतवारको विष्फोटमा ५ देखि १० वर्ष उमेरका पाँच केटा र चार केटीको मृत्यु भएको बताएका छन्। अफगानिस्तानलाई ‘साम्राज्यको चिहान’ भनिन्छ, जहाँ रुसदेखि अमेरिकासम्म सबैको पतन भएको थियो।
तालिबानका प्रवक्ता हमिदुल्लाह निसारले गजनीमा विष्फोट भएको बारुदी सुरुङ सन् १९८० को रुसी आक्रमणको समयको भएको दाबी गरेका छन् ।
तालिबान शासनद्वारा दिइएको जानकारीका अनुसार संयुक्त राष्ट्र संघले सोमबार अफगानिस्तानमा महिला र बालबालिकासहित हजारौं मानिस ल्यान्ड माइन र युद्धका विस्फोटक अवशेषका कारण मारिएका वा घाइते भएको बताएको छ।
अफगानिस्तानको माटोमा गाडिएका बारुदी सुरंग हटाउने काम पनि भइरहेको छ । संयुक्त राष्ट्र संघले माइन एक्सन टोलीले ३ हजार ११ किलोमिटर क्षेत्र सफा गरेको जनाएको छ । सन् १९९० को दशकमा रुसी सेनाले देश छोडेपछि अफगानिस्तानले धेरै वर्षको गृहयुद्ध देखेको छ।
सन् १९९६ मा तालिवानको कब्जा र त्यसपछि अमेरिकी आक्रमणपछि अफगानिस्तानको अवस्था झनै बिग्रियो । यद्यपि, २०२० मा, तालिबानले फेरि अफगानिस्तान कब्जा गर्यो र उनीहरूले अन्तरिम सरकार चलाइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: