Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राजनीतिक पहुँचको भरमा कामै नगरी तलब खान्छन कर्मचारी !

खबरडबली संवाददाता

सिहा । सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो। 

राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत एक कर्मचारीले बताए। नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘दुबैजना कार्यालय हाजिर गर्न मात्र आउँछन्। कार्यालय प्रमुख र गाँउपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाधरुपमा तलव भत्ता लिने गरेका छन्।’

तत्कालिन जिल्ला विकास समितिमा नायव सुव्वा (पाँचौ) तहमा अस्थायी सेवाका कर्मचारी महेन्द्र यावदलाई गाँउपालिका स्थापना भएको केहि दिनमै सरुवा गराएर आएको प्रशासकीय अधिकृत रामप्रवेश यादवले जानकारी दिए। 

उनले भने, ‘गाउँपालिकामा महेन्द्र सर अहिले प्रशासन शाखामै वस्दै आएको छ। केही वर्ष अगाडि उहाँलाई राजस्व शाखाको जिम्मेवारी दिईएको थियो। तर, राजस्व हिनामिना गरीएको विषयमा विवादित भएकोले उनलाई अहिले प्रशासन शाखामै राखीएको छ।’ उनले थपे, ‘हामी तिनजना कर्मचारी प्रशासन शाखामा छौ, यो शाखामा खासै कामपनि हुदैन। तर वहाँ कार्यालय आउनुहुन्छ।’

कार्यलय आएपनि हाजिर गरेर बाहिर व्यतिmगत काममा व्यस्त रहने गुनासो आएको विषयमा प्रशासकीय अधिकृत यादवले केहि प्रतिकृया दिन चाहेनन्।

त्यसैगरी, गाँउपालिका स्वास्थ्य संयोजक राम सेवकलाई पोषण सहजकार्ताको बारेमा जिज्ञासा राख्दा ‘विगतमै लक्ष्मी कुमारी यादबलाई पोषण कार्यक्रम सयम् सेवकको रुपमा राखिएको थियो। अहिले मन्त्रालयले सहजकार्ताको रुपमा तलव भत्ता खुवाउने भनिएको छ। उनले भने, ‘पालिकाले मन्त्रालयको निर्देशनानुसार तलव खुवाउदै आएको सहजकार्ताले वर्षमा दशवटा कार्यक्रम मात्र गर्नुपर्ने भएकोले पालिकामा नबसेपनि तलव खुवाउनुपर्ने हुन्छ। तोकिएको कार्यक्रम बाहेक अरु काममा लगाउन पनि मिल्दैन।’ 

उनले थपे, ‘गाँउपालिका अध्यक्षको निरहताको कारण पालिकाले गति लिन सकिरहेको छैन। गाँपा अध्यक्ष सत्यनारायण यादवलकै कारण पालिकामा कामगर्ने वातावरण विग्रदै गईरहेको छ।’

गाँपा अध्यक्ष यादवले कर्मचारीलाई राजनितिक कार्यकर्ताको रुपमा चलाउन खोजेको कर्मचारीहरुको गुनासो रहँदै आएको छ। ‘कर्मचारीहरुले नीयम कानुन विपरित प्रेसर गरेर काम गर्न लगाएपछि कर्मचारी कसरी काम गर्छरु’ कर्मचारीहरुको प्रश्न छ।

कार्यालयमा विरलै देखापर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई कर्मचारीको विषयमा प्रतिक्रिया लिन उनले प्रयोग गर्ने कार्यालयको नम्वर ९८५२८३४७५९ र व्यक्तिगत नम्वरमा फोन गरेपनि मोवाइल स्चि अफ थियो।

यता, कर्मचारी द्वयको वारेमा गाँपा अध्यक्ष सत्यनारायण यादवसंग कुरा गर्न खोज्दा उनी ‘यो विषयमा पछि कुरा गर्छु भन्दै पन्छिए। उनले भने, ‘यो कर्मचारीको विषयमा तपाईं कार्यालय तिरै आउनुस्, हामी सँगै बसेरै कुरा गरौंला भन्दै फोन काटे।’

तत्कालिन गाउँपालिका अध्यक्ष जागेस्वर यादबको पालामा राजस्व हिनामिना गरेको भन्दै २०७८ सालमै महेन्द्र यादवको जिम्मेवारी खोसिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए। उनले भने, ‘जिम्मेवारी खोसिए देखी हालसम्म उनलाई गाँपाले कुनै जिम्मेवारी दिएको छैन। यादब प्रत्येक दिन पञ्जिकरण शाखामा गएर हाजिर गरेर  बाहिर जानु हुन्छ। त्यतिकै हाजिरी बनाएर आउ–जाउ गरेरै तलब बुझिरहेका छन।’ 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

नेता हादीको निधनपछि ढाकामा तनाव बढ्दो

ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...

रवि लामिछाने काठमाडौँबाट भरतपुर उडे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा, समानुपातिक उम्मेदवार बन्ने तयारी

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता प्रदान गर्ने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...

मौसम नखुलेपछि रवि लामिछाने भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending