Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै, फेरी सरकारको दाबी गर्ने

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।

मुख्यमन्त्री पाण्डेले बुधबार राजीनामाको तयारी गरेका छन् ।  उनले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएको छ ।  विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । 

मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् । ६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । 

गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । तर, उनीहरूले के समस्या...

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६  विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ ।  बिहीबार दिउँसो साढे १ बजे स्थान...

फरक ढङ्गको विकासको अभ्यासमा छौँ: मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् ।  झापाको शिवसताक्षी नगरपालिका–६ ...

देशभर चारसय ३६ स्थानमा डढेलो

काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज  ५३ जिल्लाका चार सय ...

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी । कर्णाली नदीमा एक जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन् । नुहाउन...

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

एजेन्सी । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ ।  उक्त स...

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

एजेन्सी । इजरायलले अक्टोबर ७ मा सुरु भएको विनासकारी युद्धको श्रङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर...

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्शिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अ...

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

एजेन्सी । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको सं...

चीनमा सडक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

एजेन्सी । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies