काठमाडौं । हिउँदयामको चर्को घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ ।
मुलुकको राजधानी काठमाडौं उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ । काठमाडौं उपत्यकामा चक्रपथभित्र मेलम्ची खानेपानीको आपूर्ति केही हदसम्म सहज भए पनि मेलम्ची र सुन्दरीजलको खानेपानीको पाइप बिछयाइएका गोकर्णेश्वर क्षेत्रमा भने अहिले पानीको चर्को अभाव देखिएको छ ।
यसैबीच, खानेपानीमन्त्री रामकुमार राईलाई त्यस क्षेत्रबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय नगरपालिकाका प्रमुख एवं उपप्रमुख, उपभोक्ताहित संरक्षणसँग जोडिएका प्रतिनिधिले भेटेर समस्या यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन् ।
काठमाडौं महानगरपालिकावासीलाई खानेपानीका लागि भएको असजिलो अन्त्य गर्न पाइप बिच्छाउने सिलसिलामा परेको अप्ठेरोको विगतमा गाँठो फुकालेको घटना स्मरण गराउँदै उनिहरुले सबैले खानेपानी सहजै खान पाउनुपर्ने माग गरे ।
प्रतिनिधिसभा अर्थसमितिका सभापति सन्तोष चालिसेले काठमाडौंवासी तिर्खाएका बेला पाइप बिच्छाउन जग्गा उपलब्ध गराउनेहरु अहिले मर्कामा परेकाले सरकारले त्यस पाटोलाई बुझन आवश्यक रहेको बताए ।
सांसद शान्ति श्रेष्ठले काठमाडौं उपत्यकामा पानी वितरणका लागि ठूलो ट्याङ्की निर्माण गरिएका क्षेत्र वरपरका जनता खानेपानी नपाएर काकाकुल बन्नुपर्ने अवस्था कहिलेसम्म अन्त्य हुन्छ भनी प्रश्न गरे ।
पूर्वसांसद रामेश्वर फुँयाल र कृष्णबहादुर राईले गोकर्णेश्वरका जनताले खानेपानी नपाउनु भनेको खानेपानीको पाइप बिच्छाइएको ठाउँमा तिर्खा हुने र विद्युत्को तार टाँगिएको ठाँउमा अँधेरोजस्तै भएको प्रतिक्रिया दिए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले विकास निर्माणसँग सम्बन्धित निकायबीच पूर्वाधार निर्माणमा समन्वय र सहयोग नहुँदा विनियोजित बजेट खाल्टो खन्न तथा पुर्नमा मात्रै सीमित हुन पुगेको विचार प्रकट गरे ।
गोकर्णेश्वर–१ देखि ५ सम्म सुन्दरीजलको र ६ देखि ९ सम्म मेलम्चीको खानेपानी वितरणको व्यवस्थाका लागि उपभोक्ता र जनप्रतिनिधिले खानेपानीमन्त्री राईसँग अनुरोध गरे । सो अवसरमा मन्त्री राईले जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न हरसम्भव प्रयत्न हुने विश्वास दिलाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...




प्रतिकृया लेख्नुहोस्: