म्याग्दी । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ ।
ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, नापजाँच, अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी सब इन्जिनियर अञ्जन खत्रीलाइ तोकिएको हो ।
म्याग्दी भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्ला हो । “नमिलेको भूगोल र अधिकांश कच्ची सडक भएको म्याग्दीका सबै सिँचाइ योजनाको जिम्मेवारी मेरै काँधमा छ,” इन्जिनियर खत्रीले भने, “सबै काम एक्लै गर्नुपर्दा योजना कार्यान्वयनमा समस्या छ ।”
सो कार्यालयको सिँचाइ तर्फ एकजना इन्जिनियर, एकजना छैटौँ तहका र एकजना पाचौँ तहका सब इन्जिनियरको दरबन्दी भएकोमा अधिकृत छैटौँ तहका खत्री बाहेक दुई वटा दरबन्दी रिक्त छ ।
प्राविधिक जनशक्तिको कमी र योजनाको सङ्ख्या धेरै हुँदा कार्यान्वयन र अनुगमनमा समस्या भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख झलकमोहन ओझाले बताए ।
एकजना प्राविधिकको भरमा ६० वटा सिँचाइका योजना कार्यान्वयन गर्नुपर्दा समस्या भएको प्रमूख ओझाको भनाइ छ । उनका अनुसार एक्लै प्राविधिक भए पनि राति, साँझ, बिहानको समयमा काम गरेर सिँचाइका ६० मध्ये ५० वटा योजनाको सम्झौता भइ कार्यान्वयनको चरणमा छन् ।
चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी एक सय २० वटा योजनाका लागि पुँजीगत तर्फ रु १६ करोड ६८ लाख १० हजार बजेट विनियोजन भएको थियो । चैत दोस्रो सातासम्म १४ प्रतिशत अर्थात रु दुई करोड ३० लाख खर्च भएको लेखा शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।
९० वटा योजना सम्झौता भएकोमा १५ वटा योजना निर्माण सम्पन्न भएका छन् । विकास योजनालाई गुणस्तरीय र प्रभावकारी रुपमा कार्यान्वयन गर्न टुक्रे योजना कटौती गरेर ठूला आयोजनामा बजेट केन्द्रित गर्न नीतिगत सुधार गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: