काठमाडौं । सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे सहमतिको खाका तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच प्रदेश भागबन्डाबारे सहमतिको आधार तयार पारेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच प्रदेश भागबन्डामा मोटामोटी समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
“प्रधानमन्त्रीसहित केपी कमरेड र माधव कमरेड बसेर छलफल गर्नुभयो । समझादारीबमोजिम बागमती प्रदेशमा शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभयो,” उनले भने, “अरू प्रदेशमा बिस्तारै समझदारीमा पुग्ने भनिएको छ । यस्तै प्रदेशका मन्त्रीसहित अन्य राजकीय पदमा भागबन्डा गरेर जाने समझदारी भएको छ ।”
उनले सुदूरपश्चिम प्रदेशमा पहिलो चरण एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने समझदारी भएको जानकारी दिए । त्यसपछि दोस्रो चरणमा कुन पार्टीबाट मुख्यमन्त्री बन्ने निष्कर्षमा नपुगेको उनले बताए।
तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने त्यसपछि दोस्रो चरणमा बागमती प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री लिने समझदारी बनेको दाबी गरे।
उपाध्यक्ष पाण्डेले कर्णालीका मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रियामा गएपछि भागबन्डामा समझदारी बन्ने बताए। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार ३ बजे विश्वासको मत लिने तयारी गरेका छन्।
कर्णालीमा मुख्यमन्त्री एमालेको भागमा परको छ । त्यस अनुसार वातावरण मिलाउन प्रधानमन्त्री प्रचण्डले आफूलाई भनेको नेकपा माओवादीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए।
लुम्बिनी प्रदेशको चैत २२ गतेसम्म समझदारी बन्ने बताए। यस्तै मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी जसपाकै भएकाले त्यसमा तत्काल फेरबदल नहुने बताइएको छ । दोस्रो चरणमा मधेशको मुख्यमन्त्री को हुने भन्नेबारे कुनै समझदारी भएको छैन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रक्रियामा गएपछि समझादारी बन्ने छ । यस प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने दलहरूबिच मोटामोटी समझदारी बनेको छ । कोशी प्रदेशमा धेरै अन्योल भएकाले तत्काल कुनै निर्णयमा नपुगिएको नेताहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: