Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले  दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौं घरपरिवार विद्युतीविहीन भएका छन्  । 

पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको छ । अल जजिराका अनुसार आक्रमण पछि भीषण आगो लागेको थियो । यसै अवस्थामा गभर्नर मक्सिम कोजिट्स्कीले टेलिग्राम मार्फत जारी उद्धार प्रयासलाई आह्वान गरेका छन् । 

उत्तरपूर्वमा, गभर्नर ओलेह सिनिहुबोभले खार्किब क्षेत्रको पेट्रोल स्टेसनमा हवाई आक्रमण पछि एक व्यक्तिको मृत्यु भएकोमा शोक व्यक्त गरे । साथै, युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा खसालिएको रूसी ड्रोनले गरेको क्षतिले कयौं युक्रेनीलाई बिजुलीविहीन बनाएको छ ।  भग्नावशेषले ऊर्जा पूर्वाधारमा आगो लगाउँदा यस्तो अवस्था सिर्जना भएको अल जजिराले गभर्नर ओलेह किपरलाई उद्धृत गर्दै भनेको छ । 

युक्रेनको अग्रणी निजी विद्युत प्रदायक कम्पनी डिटेकले सङ्कटको परिमाणलाई जोड दिँदै आक्रमण पछि एक लाख ७० हजार घरपरिवारले विद्युत कटौतीको सामना गरेको बताए । 

युक्रेनी वायु सेनाले अराजकताको बीचमा रूसी आक्रमणलाई  रोक्दै रुसले प्रहार गरेका११ ड्रोनमध्ये नौ र १४ वटा क्रुज मिसाइलमध्ये नौलाई खसालेको दाबी गरेको छ ।

यद्यपि, डिटेकका प्रसारण केन्द्रमा भएको पछिल्लो आक्रमण युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमणको एउटा अंश मात्र हो । युक्रेनी ऊर्जा कम्पनी सेन्ट्रेनेर्गोका अनुसार रूसी आक्रमणले धेरै क्षेत्रहरूमा गम्भीर क्षति पुर्याएको छ । 

उत्तरपूर्वी खार्किब क्षेत्रको आधारशिला जिमिभ थर्मल पावर प्लान्ट भग्नावशेषमा परिणत भएको छ । आक्रमणले भौतिक विनाश भन्दा पनि कमजोर समुदायको दुर्दशा झनै बढाइदिन्छ । लगभग १२ लाख व्यक्तिहरूले जिमिभ क्षेत्रमा बिजुली कटौतीको सामना गरिरहेका छन् ।  मार्च  २२ मा प्लान्टमा गरिएको बम हमलाबाट करिब सात लाख युक्रेनी अँध्यारोको पीडा भोग्दै छन् ।  

निरन्तरको आक्रमण र बिनाशका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिकूलताको सामना गर्न देशबासीसामु आग्रह गरेका छन् । सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समयमा कुनैपनि क्षण रुसी आतङ्कवादले युक्रेनी जीवनलाई ध्वस्त पार्न लागिपरेको बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: