एजेन्सी । पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।
पिडिएमएका प्रवक्ता अनवर शहजादले हताहतको पुष्टि गर्दै मृत्यु हुनेमा आठ जना बालबालिका तथा दुईजना महिला रहेको जनाएका छन् । यसैगरी घाइते हुनेहरु मध्ये नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको उनले उल्लेख गरेका छन् ।
प्राप्त रिपोर्ट अनुसार वर्षा र असिनाका कारण भएका दुर्घटनामा २७ वटा घर क्षतिग्रस्त भएको प्रवक्तालाई उद्धृत गर्दै द नेशन अखबारले जनाएको छ । द नेशनका अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ ।
पिडिएमएले जारी गरेको रिपोर्टमा सांगला, बन्नु, बाजौर, पेशावर, नौशेरा र मानसेहरामा विभिन्न संरचना तथा घरहरु क्षतिग्रस्त भएका छन् ।
द नेशनका अनुसार, यस घटनामा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसैगरी मोहमण्ड, मर्दान, उत्तरी बजिरिस्तान लगायतका क्षेत्रमा २४ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सञ्चार माध्यामसँग कुरा गर्दै हरबन तहसिलका अध्यक्ष असदुल्ला कुरैसीले वर्षाका कारण आएको बाढीले निम्त्याएको दुर्घटनामा १९ वटा पशु चौपाया मर्नुका साथै १५ वटा गोठ बगाएको बताए ।
असिना र भारी वर्षाले विभिन्न क्षेत्रहरूलाई असर गर्नुका साथै माथिल्लो कोहिस्तानको हरबन इलाकामा गाईवस्तु बाढीको सिकार भएका छन् भने धेरै घरहरूमा क्षति पुर्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: