महोत्तरी । महोत्तरीका जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्तीनाका भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका जिल्लाका जनप्रतिनिधि र विभिन्न नगरका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि उत्साहित भएका हुन् ।
“हामीले भिठ्ठामोर भन्सारको सुक्खा बन्दरगाह सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ”, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल भन्न्छा्, “उहाँबाट यसको विज्ञटोलीबाट सम्भाव्यताबारे अध्ययन गरेर काम अघि बढ्ने विश्वास पाएका छौँ ।” जिल्लाका विभिन्न नगरका जनप्रतिनिधि तथा जलेश्वर, मटिहानी, गौशाला र बर्दिबासका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई काठमाडौँमै भेटेर भिट्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
विसं २०२६ मा भिठ्ठामोरमा स्थापित भन्सार कार्यालयको स्तरोन्नति गर्दै तेस्रो मुलुकसँगको आयात–निर्यात सुव्यवस्थित र वृद्धि गर्न सुक्खा बन्दरगाह सहयोगी हुने जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको माग छ । प्रधानमन्त्रीले भिठ्ठामोर नाकाको आवागमन, सुक्खा बन्दरगाह निर्माणका लागि हालसम्म भएका प्रयत्नको अध्ययन र विज्ञहरूबीचको छलफलबाट काम अघि बढाउने बताउनुभएपछि आशा जागेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार बताउछन् ।
प्रधानमन्त्रीसँगको भेटमा महोत्तरी–१ र ४ का प्रतिनिधिसभा सदस्यहरू लक्ष्मी महतो कोइरी र महेन्द्रकुमार राय एवं जलेश्वर, मटिहानी, गौशाला र लोहारपट्टी नगरपालिकाका प्रमुख क्रमशः सुरेश साह सोनार, हरिप्रसाद मण्डल, डा दीपेन्द्र महतो र शैलेन्द्र यादवसहित राजनीतिक दलका प्रतिनिधि सम्मिलित हुनुहुन्थ्यो । यसैगरी बर्दिबास गौशाला, जलेश्वर र मटिहानी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेटमा सहभागीभएको नगरप्रमुख सोनारले बताए।
भिठ्ठामोर मधेसका नाकामध्ये वीरगञ्जपछि सबैभन्दा बढी चल्तीको सीमावर्ती नाका हो । तेस्रो मुलुकबाट सामान आयात निर्यात गर्न कोलकाता बन्दरगाहबाट वीरगञ्जभन्दा दूरी कम हुने, मुलुककै झण्डै मध्यभागमा पर्ने हुँदा कम खर्चमा ढुवानी हुने र सबै भेगको पायक पर्ने महोत्तरीका जनप्रतिनिधि र उद्यमीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यसबाहेक भिठ्ठामोर ९जलेश्वर० भन्सार कार्यालयको पूर्वाधार र जनशक्ति वीरगञ्जपछि सबैभन्दा राम्रो रहेको अवस्था प्रधानमन्त्रीलाई अवगत गराइएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।
भारतको कोलकाताबाट जयनगरसम्म सञ्चालनमा रहेको रेलमार्गसँगै जोडिएर नेपालतर्फ जयनगर–बर्दिबास रेल सेवा विस्तारको काम भइरहेको र बर्दिबासमा रेल्वेले अधिग्रहण गरेको ५२ बिघा क्षेत्रफलको जग्गामा कार्गो व्यवस्थापन सहज सञ्चालन हुने र भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणले यस भेगको उद्योग व्यापार फस्टाउने प्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा आपूmहरूले पछिल्ला केही वर्षयता कोरोना महामारी र त्यसको असरले बढेको आर्थिक मन्दीबाट राहत दिन बैंकहरूबाट अवधि लम्ब्याउन र थप ऋण प्रवाहका लागि ध्यानाकर्षण गराइएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १०:२४
मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्र...
जेष्ठ २५ गते, २०८३ - १०:१०
काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। समसामयिक रा...
जेष्ठ २५ गते, २०८३ - ०९:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको जनाएको छ। पार्टीका अध्...
जेष्ठ २४ गते, २०८३ - १८:११
काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...



प्रतिकृया लेख्नुहोस्: