काठमाडौं । केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ ।
गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष गिरफ्तारी दल, केही मास्क लगाएका क्लबको बाहिर जम्मा भएका थिए ।
घटनास्थलको भिडियोमा तीन व्यक्तिलाई उनीहरूको रिहाईपछि हावामा हात उठाउँदै बाहिर निस्किएको देखाइएको छ । प्रहरीले एक्समा भनेको छ, “अहिलेसम्म आतङ्कवादी मनसायको कुनै सङ्केत प्राप्त भएको छैन ।” यसअघि शनिबार अधिकारीहरूले मध्य एडेमा एक चोकलाई घेराबन्दी गरेका थिए र एक भवनमा धेरै मानिसलाई बन्धक बनाएर राखिएको भन्दै वरपरको करिब एक सय ५० घरलाई खाली गरेका थिए ।
प्रहरी प्रवक्ता सिमेन क्लोकले मनिसहरूलाई बन्धक बनाइएको बताए तर उनले घटनाबारे थप विवरण दिन वा कति मानिस संलग्न थिए भन्नेबारेमा जानकारी दिन अस्वीकार गरे । घटनास्थलमा रहेका एपीका फोटोग्राफरका अनुसार बन्धकहरूलाई एडेको लोकप्रिय बार तथा रात्रिकालीन क्लब पेट्टीकोटमा राखिएको थियो । आम्स्टर्डमबाट ८५ किलोमिटर दक्षिणपूर्वमा रहेको ग्रामीण बजार सहर एडेका घटनास्थलका तस्बिरहरूमा प्रहरी र अग्निनियन्त्रकहरूलाई एउटा घेराबन्दी गरिएको क्षेत्रमा सडकमा देखाइएको छ ।
यो अवस्था कायम रहेसम्म केन्द्रमा सबै पसलहरू बन्द रहने नगरपालिकाले जनाएको छ । सहरको स्टेसनबाट आवागमन हुने ट्रेनहरूलाई पनि रोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: