एजेन्सी । पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ ।
नाड्राले तथ्याङ्क चोरी भएको सम्बन्धमा संयुक्त अनुसन्धान समूह (जेआइटी) ले मङ्गलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै यसको अनुसन्धान गर्न सार्वजनिक लेखा समिति (पीएसी), पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए), सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए), सैन्य गुप्तचर सेवासँग सहकार्य गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
व्यक्तिगत तथ्याङ्क चोरी चुहावट अनुसन्धान गर्नको लागि साइबर क्राइम निर्देशकको नेतृत्वमा गृहमन्त्रालयले संयुक्त अनुसन्धान टोली (जेआटी) गठन गरेको थियो ।
सन् २०१९ देखि २०२३ सम्म मुल्तान, पेशावर र कराँचीमा नाड्रा कार्यालयको सहयोगमा २७ लाख पाकिस्तानीहरूको तथ्याङ्क चोरी भएको प्रतिवेदनमा देखिन्छ । उक्त प्रतिवेदन अर्जेन्टिना र रोमानियामा पनि बिक्री गरिएको थियो । जेआइटीको चुहावटसम्बन्धी प्रतिवेदनपछि नाड्राका धेरै वरिष्ठ अधिकारीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।
जेआईटीले छानबिन पूरा भएपछि आफ्नो प्रतिवेदन तत्कालीन कार्यवाहक प्रधानमन्त्री अनवारुल हक कक्कडलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा नागरिकको तथ्याङ्क सुरक्षाका लागि प्रस्तावित उपाय र प्रविधि अपग्रेडसँगै अन्य कार्यहरू अपनाउन सुझाब पेश गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८१ - २१:१४
सुनसरी । सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले स...
बैशाख १५ गते, २०८१ - २१:००
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प...
बैशाख १५ गते, २०८१ - २०:५६
तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ । पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्...
बैशाख १५ गते, २०८१ - २०:४९
सर्लाही । सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् । जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नग...
बैशाख १५ गते, २०८१ - २०:०८
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० ...
बैशाख १५ गते, २०८१ - २०:०४
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ । शुक्रबार राती मकालु गाउँपालिका–५ खोक...
बैशाख १५ गते, २०८१ - १९:५९
राैतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानीय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ । गाँजा सहित पक्राउ...
बैशाख १५ गते, २०८१ - १९:५५
काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको का...
बैशाख १५ गते, २०८१ - १९:४९
काठमाडौं । आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रत...
बैशाख १५ गते, २०८१ - १९:४५
सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ । स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँक...
प्रतिकृया लेख्नुहोस्: