चितवन । निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन् । निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन् ।
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ । त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो । गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ ।
यससँगै आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ । महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको आज उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो ।
केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइन् । विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ यहाँको खोरमा राखिएको उनले बताइन् । उनले भनिन् “निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो ।”
उनका अनुसार आजदेखि यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन । महानगरपालिकाले बाटो, मचान, कम्पाउण्डलगायत निर्माणमा रु एक करोड खर्च गर्ने गरि सो गन्तव्यको विकास गरेको उनले बताइन् । यस क्षेत्रमा गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने उनले जानकारी दिइन्। त्यहाँ आउने पर्यटकले तिरेको राजस्वले बाघलगायत वन्यजन्तुको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने उनको भनाइ थियो ।
उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको बताए । उनले भने, “बाघ हेर्न यहाँ आउने पर्यटक बढ्नेछन् ।” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने बताउनुभयो ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले भरतपुरको पर्यटन प्रवद्र्धनमा यो सहयोगी हुने बताउनुभयो । निकुञ्जले बाँकेबाट विसं २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र विसं २०७७ असोज १२ गते भरतपुर–१३ को वेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ यहाँ ल्याइएको छ । बाँकेबाट ल्याउँदा सो बाघ छ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए ।
अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन् । नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज यही हो । पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ वयस्क बाघ रहेका छन् । देशभरको तथ्याङ्क तीन सय ५८ रहेको छ । चितवन पछि धेरै बाघ बर्दियामा रहेका छन् । त्यहाँ एक सय २५ वयस्क बाघ देखिएका थिए । निकुञ्जभित्र बाघले मानिसलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर राख्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: