Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

निर्माण सुरु भएको सात वर्षसम्म अलपत्र पुल

खबरडबली संवाददाता

गुल्मी । मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके ।

विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो ।

सम्झौताअनुसार पुल निर्माण सुरु पनि भयो । तर त्यही क्रममा दुई पटकसम्म पुल भाँचियो । जसका कारण हालसम्म पनि पुल निर्माण सकिएको छैन । दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण सुरु गरिएको छ ।

डिजाइन परिवर्तनपछि स्टल ट्रस ब्रिज निर्माण सुरु गरिएको हो । मुसिकोटको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्यद्वार मानिन्छ । लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिस कहिले पुल निर्माण होला भनेर पर्खाइमा छन् ।

स्वीस सरकारको रु चार करोड १४ लाख ४४ हजार सात सय २२ को आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम ललितपुरका प्राविधिक अधिकृत धिराजा पौडेलले जानकारी दिए ।

आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफुहरु आशावादी भएको पौडेलले बताए । उनले सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संशोधन गर्नुपर्ने भएका कारण काममा केही ढिलाइ हुन पुगेको जानकारी दिए ।

अहिले पुलको फाउण्डेशन निर्माणसहित स्टीलका पार्टमा प्वाल पार्ने, जोड्ने र आकार निर्माणका काम भइरहेको छ । बडीगाढ खोलाको झेँदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६ दशमलव ३० मिटर रहेको छ । अहिले स्टील ट्रस ब्रिज निर्माण भइरहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले बताए ।

मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यसपटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । उनले ठूलो मेहनत गरेर डिजाइन परिवर्तन गरी तीव्र रुपमा काम अगाडि बढिरहेको दाबी गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending