Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

माओवादी छोडेको केही हप्तामै इलाम-२ मा रास्वपाबाट टिकट लिँदै फोनीजका महासचिव लिम्बु

खबरडबली संवाददाता

काठमाडौं । माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट केही दिनअघि मात्रै राजीनामा दिएका पत्रकार मिलन लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । कट्टर पहिचानवादीका रूपमा चिनिएका उनी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत हुन् ।

लिम्बूले इलाम २ बाट स्वतन्त्र चुनाव लड्ने औपचारिक घोषणा गरिसकेका छन् । उनी पहिचानवादीका साझा उम्मेदवार बन्न चाहन्थे । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत समूहहरूले साझा उम्मेदवार उभ्याउने भनेपछि त्यसका लागि प्रयास गरे पनि उनी सफल भएनन् । प्रदेश एक पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

पहिचानवादीका तर्फबाट टिकट नपाएपछि लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवार घोषणा गर्नुभन्दा अगाडि उनले माओवादीबाट राजीनामा दिएका थिए । धरानका मेयर हर्क साम्पाङले स्वतन्त्र लडेमा आफूले सहयोग गर्ने मिलनलाई आश्वासन दिएका थिए । तर, पहिचानवादीको पनि भोट नपाउने र आफ्नो संगठन पनि नभएपछि साम्पाङको आश्वासनले मात्रै उनको उम्मेदवारी बलियो बन्न सकेको थिएन ।

रास्वपाले इलाम २ मा स्थानीयस्तरमा पपुलिष्ट अनुहार खोजिरहेको अवस्थामा  पार्टी बाहिरका व्यक्तिहरूलाई तान्न प्रयास गर्ने क्रममा मिलनसँग संवाद सुरू भएको पार्टीको तर्फबाट इलामको उपचुनावमा संयोजन गर्न खटाइएका कविन्द्र बुर्लाकोटीले बताए ।

मिलन लिम्बूले बोकिरहेको बिचार र रास्वपाको एजेन्डाबीच कुनै तालमेल भने मिल्दैन । रास्वपाले कोशी नामाकरणको विरोध गरेको छैन भने संघीयताको विषयमा पार्टी ‘क्रिटिकल’ छ । लिम्बू भने कोशी नामाकरणको विरुद्धमा संघर्षरत छन् । जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने वकालत गर्ने व्यक्तिलाई एजेन्डा नमिले पनि चुनाव जित्नकै लागि उम्मेदवार बनाउन बुर्लाकोटीले जोड गरिरहेका छन् । यसमा सभापति लामिछाने पनि सकारात्मक रहेको बुझिएको छ । लिम्बूसँग लामिछाने आफैंले पनि संवाद गरिसकेका छन् ।

रास्पपा स्रोतले इलाम २ मा उम्मेदवार टुंगो नलागिसकेको तर, मिलनको नाम सम्भावित पहिलो नम्बरमा रहेको बतायो । रास्वपामा प्राइमरी इलेक्सनबाट उम्मेदवारको छनोट गर्ने प्रावधान रहेको छ । मिलनले सुरूमा प्राइमरीमा आफ्नो दावी पेश गर्नुपर्छ । साथसाथै, रास्वपामा प्रवेश पनि गर्नुपर्ने हुन्छ । यसका लागि उनी तयार भएको बुझिएको छ ।

लिम्बूसँग रास्वपा सभापति लामिछानेको व्यक्तिगत सम्बन्ध पनि रहेकाे छ । न्यूज २४ टेलिभिजनमा लामिछाने कार्यरत छँदा लिम्बू सहकर्मी थिए । आफ्नो पुरानो व्यक्तिगत सम्बन्धले गर्दा पनि उनलाई टिकट दिन लामिछाने लालायित भएको हुन सक्ने आँकलन छ ।  लिम्बू रास्वपाको विचाररनीति स्वीकार गरेर पार्टी प्रवेश गर्न लागेका भने होइनन् ।

‘यो केवल चुनाव जित्ने प्रयोजनका लागि हो, पछि के गर्छन् भन्न सकिन्न,’ उनीनिकट स्रोतले भन्यो, ‘रास्वपा प्रवेश गर्दैमा उनले आफ्नो पहिचानवादी धार त्याग्नेवाला छैनन् ।’

इलाम २ बाट महेन्द्र थापाको नाम पनि छलफलमा छ । फोकफोकथुमका पुराना बासिन्दा थापा पेशाले आर्किटेक्ट इन्जिनियर हुन् । उनी रास्वपामा पहिल्यै आवद्ध रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending