काठमाडौं । माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट केही दिनअघि मात्रै राजीनामा दिएका पत्रकार मिलन लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । कट्टर पहिचानवादीका रूपमा चिनिएका उनी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत हुन् ।
लिम्बूले इलाम २ बाट स्वतन्त्र चुनाव लड्ने औपचारिक घोषणा गरिसकेका छन् । उनी पहिचानवादीका साझा उम्मेदवार बन्न चाहन्थे । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत समूहहरूले साझा उम्मेदवार उभ्याउने भनेपछि त्यसका लागि प्रयास गरे पनि उनी सफल भएनन् । प्रदेश एक पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार घोषणा गरिसकेको छ ।
पहिचानवादीका तर्फबाट टिकट नपाएपछि लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवार घोषणा गर्नुभन्दा अगाडि उनले माओवादीबाट राजीनामा दिएका थिए । धरानका मेयर हर्क साम्पाङले स्वतन्त्र लडेमा आफूले सहयोग गर्ने मिलनलाई आश्वासन दिएका थिए । तर, पहिचानवादीको पनि भोट नपाउने र आफ्नो संगठन पनि नभएपछि साम्पाङको आश्वासनले मात्रै उनको उम्मेदवारी बलियो बन्न सकेको थिएन ।
रास्वपाले इलाम २ मा स्थानीयस्तरमा पपुलिष्ट अनुहार खोजिरहेको अवस्थामा पार्टी बाहिरका व्यक्तिहरूलाई तान्न प्रयास गर्ने क्रममा मिलनसँग संवाद सुरू भएको पार्टीको तर्फबाट इलामको उपचुनावमा संयोजन गर्न खटाइएका कविन्द्र बुर्लाकोटीले बताए ।
मिलन लिम्बूले बोकिरहेको बिचार र रास्वपाको एजेन्डाबीच कुनै तालमेल भने मिल्दैन । रास्वपाले कोशी नामाकरणको विरोध गरेको छैन भने संघीयताको विषयमा पार्टी ‘क्रिटिकल’ छ । लिम्बू भने कोशी नामाकरणको विरुद्धमा संघर्षरत छन् । जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने वकालत गर्ने व्यक्तिलाई एजेन्डा नमिले पनि चुनाव जित्नकै लागि उम्मेदवार बनाउन बुर्लाकोटीले जोड गरिरहेका छन् । यसमा सभापति लामिछाने पनि सकारात्मक रहेको बुझिएको छ । लिम्बूसँग लामिछाने आफैंले पनि संवाद गरिसकेका छन् ।
रास्पपा स्रोतले इलाम २ मा उम्मेदवार टुंगो नलागिसकेको तर, मिलनको नाम सम्भावित पहिलो नम्बरमा रहेको बतायो । रास्वपामा प्राइमरी इलेक्सनबाट उम्मेदवारको छनोट गर्ने प्रावधान रहेको छ । मिलनले सुरूमा प्राइमरीमा आफ्नो दावी पेश गर्नुपर्छ । साथसाथै, रास्वपामा प्रवेश पनि गर्नुपर्ने हुन्छ । यसका लागि उनी तयार भएको बुझिएको छ ।
लिम्बूसँग रास्वपा सभापति लामिछानेको व्यक्तिगत सम्बन्ध पनि रहेकाे छ । न्यूज २४ टेलिभिजनमा लामिछाने कार्यरत छँदा लिम्बू सहकर्मी थिए । आफ्नो पुरानो व्यक्तिगत सम्बन्धले गर्दा पनि उनलाई टिकट दिन लामिछाने लालायित भएको हुन सक्ने आँकलन छ । लिम्बू रास्वपाको विचाररनीति स्वीकार गरेर पार्टी प्रवेश गर्न लागेका भने होइनन् ।
‘यो केवल चुनाव जित्ने प्रयोजनका लागि हो, पछि के गर्छन् भन्न सकिन्न,’ उनीनिकट स्रोतले भन्यो, ‘रास्वपा प्रवेश गर्दैमा उनले आफ्नो पहिचानवादी धार त्याग्नेवाला छैनन् ।’
इलाम २ बाट महेन्द्र थापाको नाम पनि छलफलमा छ । फोकफोकथुमका पुराना बासिन्दा थापा पेशाले आर्किटेक्ट इन्जिनियर हुन् । उनी रास्वपामा पहिल्यै आवद्ध रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: