Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

पूर्ण अशक्त अपाङ्गता भएका भण्डारीको धर्नाप्रति लोकतान्त्रिक अपाङ्ग सङ्घको ऐक्यबद्धता

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृसंस्था ‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ' ले काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा हप्ता दिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता जनाएको छ ।सङ्घका अध्यक्ष प्रकाश पन्थले मंगलबार एक विज्ञप्ति जारी गर्दै  धर्नाप्रति ऐक्यबद्धता जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ- 'पटक पटकका आन्दोलन र अभियानको सफलतासँगै संविधान सभाबाट संविधान जारी भएको झन्डै एक दशक बितिसक्दा पनि संवैधानिक तथा कानुनी हक र अधिकार प्राप्तिका लागि अझै पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक तथा लोककल्याणकारी राज्यका लागि लज्जाको विषय हो । संविधानतः आर्थिक, सामाजिक, शारीरिक रूपमा कमजोर र जोखिमको अवस्थामा रहेका नागरिकहरूको विशेष व्यवस्थासहित संरक्षण गर्नु राज्यको दायित्व हो ।'  

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा नियमावली २०७७, नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासिन्ध, २००६ मा व्यवस्था भएका प्रावधानहरू लागू गरियोस् भन्दै विभिन्न निकायमा पटक पटक आन्दोलन गर्दा समेत माग पूरा हुन नसक्नु गैरजिम्मेवारी, विडम्बनापूर्ण र मानवअधिकारको गम्भीर उल्लङ्घन समेत भएको सङ्घले उल्लेख गरको छ  ।

विज्ञप्तिमा भनिएको छ- 'अनिश्चितकालीन धर्नामा बस्नुभएका दीपक भण्डारीलगायत अपाङ्गता भएका व्यक्तिहरूले उठाएका मागहरूप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त मागहरू छिटोभन्दा छिटो सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ । विभिन्न राजनीतिक दल र तिनका भ्रातृसंस्था र जनप्रतिनिधि, सरोकारवाला, सङ्घसंस्था, अधिकारकर्मी, अभियन्ता, नागरिक समाज, पत्रकारलगायत सबैमा उक्त सवालमा साथ, सहयोग र समर्थनका लागि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ हार्दिक अपिल समेत गर्दछ ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies