तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।
‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्वाधार मूल आधार’ भन्ने नारालाई आत्मसात् गर्दै १८ दिन शिविर सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार एलोपेथिक सेवाअन्तर्गत तीन हजार ३८ र आयुर्वेद उपचारतर्फ आठ सय ७८ जनाले सेवा लिएका छन् ।
त्यसैगरी कृषि सेवातर्फ दुई हजार नौ सय १५ र पशुको उपचार शाखाबाट एक हजार नौ सय २६ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा ७५ जना अपाङ्गता तथा ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिकसम्बन्धी ४८ वटा उपभोक्ता समितिले सेवा लिएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
उक्त शिविर अवधिमा ५९ वटा व्यापार व्यवसाय तथा संस्था दर्ता गरिएका तथा पञ्जीकरण शाखाबाट सन्ताउन्न जना सेवाग्राहीले सेवा लिएका छन् । शिविरवाट प्रशासनिक कार्यमा तीन सय ५७ जनाले सेवा लिएका अध्यक्ष श्रेष्ठले बताए ।
यसअघि उक्त गाउँपालिकाले पनि मिर्गौला, पाठेघर परीक्षण र तीनदिने अर्बुद्ध रोग परीक्षण शिविर सञ्चालन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: