धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनले बताए ।
नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकुल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताए । आज विहान मात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) बाट आफूबीच भेट भएर आपसी सम्बन्धको बारेमा छलफल भएको र त्यसले उपनिर्वाचनको विषयसमेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उनले बताए ।
पार्टीका केन्द्रीय उपमहासचिव डा गङ्गालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिए । त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न निर्देशन दिए ।
पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफुले प्राप्त गरेको जिम्मेवारीलाई पूर्णरुपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गरिन् ।
पार्टीको १०औँ जिल्ला अधिवेशनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा उपाध्यक्षद्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ र भेषराज शाहलगायत भूगोल, खुला, अल्प सङ्ख्यक, दलित र अपाङ्गतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: