Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम 'शिव शक्ति पोइन्ट'

खबरडबली संवाददाता

काठमाडौं । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई 'शिव शक्ति' पोइन्ट भनिने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई 'शिवशक्ति प्वाइन्ट' नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ ।

चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो । विक्रम ल्यान्डरले अगस्ट २३ मा साँझ ६.०४ बजे चन्द्रमामा अवतरण गरेको थियो । तीन दिनपछि, प्रधानमन्त्री मोदी वैज्ञानिकहरूलाई भेट्न इसरो टेलिमेट्री ट्र्याकिङ र कमाण्ड नेटवर्क पुगेका थिए ।

सो अवसरमा मोदीले रेक वर्ष २३ अगस्टमा भारतले राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने, चन्द्रमामा ल्यान्डर अवतरण गरेको स्थानलाई शिवशक्ति पोइन्ट भनिने र चन्द्रयान-३ को पाइलाको छाप रहेको चन्द्रमाको बिन्दुलाई 'तिरंगा' नाम दिइने घोषणा गरेका थिए ।

चन्द्रयान–३ मिसनका तीन भाग थिए । प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर । तिनीहरूमा कुल ७ पेलोडहरू स्थापना गरिएको थियो । चन्द्रयान-३ को प्रोपल्सन मोड्युलमा शेप नामक पेलोड राखिएको थियो । यो चन्द्रमाको कक्षमा परिक्रमा गरेर पृथ्वीबाट आउने विकिरणको अनुसन्धान गर्न बनाइएको हो ।

चन्द्रयान–३ ले ४० दिनमा पृथ्वीको २१ पटक र चन्द्रमाले १२० पटक परिक्रमा गरेको थियो । चन्द्रयानले ५५ लाख किलोमिटरको यात्रा गरी ३.८४ लाख किलोमिटरको दूरी चन्द्रमासम्म पुर्याएको थियो ।

भारतले चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरिएको थियो । यसमा एउटा प्रोबको क्र्यास ल्यान्डिङ गरिएको थियो जसमा चन्द्रमामा पानी भेटिएको थियो । त्यसपछि २०१९ मा चन्द्रयान-२ चन्द्रमाको नजिक पुग्यो, तर अवतरण गर्न सकेन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

कास्की । पोखरा-८ निवासी क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ । उनि सफल कौसी खेती किसानको रुपमा परिचित...

लागूऔषधसहित टिकापुरबाट दुईजना पक्राउ

धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ व...

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।  स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक ...

लगानी सम्मेलन: जलविद्युत् परियोजना प्राथमिकतामा

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बनेका छन् । पछिल्लो समय जलविद्युत्...

लगानी सम्मेलनः नेपालमा ढुक्क भएर लगानी गर्न अपिल

काठमाडौं । नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला...

अर्बपति व्यापारी एलन मस्क बेइजिङमा

काठमाडौं । अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन् । रिपोर्टका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयो...

सर्लाहीमा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

सर्लाही । राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउने कार्यक्रम सुरु भएको छ । जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हा...

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

काठमाडौं । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपाल...

काभ्रेको आठसय १८ हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ ।  करिब तीन महिनाको अवधिमा उ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies