Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको होली

खबरडबली संवाददाता

भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि आज पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसंगै बिदाई गर्दथे । तर अहिले मल्लकालीन समयमा नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी यस्ता गीत एवं दाफा लोपोन्मुख अबस्थामा पुगेको छ ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई कमलपोखरीमा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेका घर र पसलहरुमा घुमाएर चिर स्वायगू गरेपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ ।

दत्तात्रयस्थित भीमसेन मन्दिरमा वर्षौंदेखि पुजारीका रुपका काम गर्दै आएकी केशरी कपालीले भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा मानिदै आएको परम्परालाई धान्दै आएका छन् । उनको छोरा कमल कपालीले यसको पुरानो परम्पराहरुमध्ये धेरै लोप हुने अवस्थामा पुगेको बताए ।

उनले चार सय वर्ष पुरानो यो परम्परलाई धान्दै आएको बताउदै चिर स्वायगुको दिन काठबाट निर्मित भीमसेनको लिङ्गलाई काँधमा बोकेर कमलपोखरीमा लगेर सफा गरी बाजागाजाका साथ नगर परिक्रमा गर्दै मन्दिरमा ल्याएर झुण्ड्याउने गरिएको बताए ।

लिङ्गको एक सातासम्म पूजा गर्ने परम्परा रहेको भन्दै उनले सन्तान नभएकाहरुले यसको पूजा गरेर प्रसाद ग्रहण गरेपछि सन्तान सुख प्राप्त हुने र छोरा नहुनेको छोरा हुने विश्वास अहिले पनि रहेको सुनाइन् । भजन गाउने भजन मण्डल नै कम भएपछि यो परम्परा पनि लोप हुने अवस्थामा पुगेको छ ।

यसरी घर पसल घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदै गएको छ । नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा चार सय वर्ष अगाडिदेखि चल्दै आए पनि लिङ्गलाई काँधमा बोकेर घर, पसल डुलाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ ।

पसल र घर टोलमा डुलाएपछि त्यसलाई ढोगेर दक्षिणा दिँदा सन्तान सुख प्राप्त हुने र पसलमा व्यापार व्यवसाय बढ्ने जनविश्वास रहेको केशरीको भनाइ छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात् झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रुपमा मनाइने यो पर्वमा यस्ता भजन एवं गीतहरु लोप हुने अवस्थामा पुगेको पूजारी कपाली बताउँछन्।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात् अबिरको होली, रिसायौँ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्साएको पाइन्छ ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ । सात दिनसम्म स्थानीयले लिङ्ग र योनीको पूजा एवं दर्शन गर्ने गरेका छन् ।

काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनि आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्त्वको रुपमा संरक्षण गर्दै आएका छन् ।

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमको रुपमा लिइन्छ । विगतमा भीमसेन पाटीको बाहिर नै झुण्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलाहरुलाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दिरमा झुण्ड्याउने गरेको कपाली बताउछन् । यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने र द्रौपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने र दक्षिण चढाउने गर्छन् ।

काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ भने कपासलाई बीर्यको प्रतिको रूपमा लिइन्छ । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको छ ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रुपमा परापूर्वकालदेखि मनाइँदै आएको बताए । उनी भन्छन्, “यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ ।”

वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतीकका रुपमा होली पर्व मनाउँदै आएको बताउँदै डा श्रेष्ठले भने, “भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाह नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनुहुन्न ।”

मन्दिरमा झुड्याइएको काठको लिङ्ग भीमसेनको प्रतीकको रुपमा रहेको बताउदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए । यो पुरुष शक्तिको प्रतीकको रुपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार यो वर्षौंदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिङ्ग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending