Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

धरान उपमहानगरपालिकाले उठाउन सकेन लाखौ‌ राजस्व

उपमहानगरपालिकाले गर्छ मापदण्डविना लाखौं सहयोग

खबरडबली संवाददाता

सुनसरी। धरान उपमहानगरपालिकाले मूल्य अभिवृद्धि र बहाल कर गरी लाखौं रुपैयाँ उठाउन सकेको छैन ।

महालेखा परीक्षकको प्रतिवेदनले उपमहानगरपालिकाले दुई कम्पनीले लाखौं मूल्य अभिवृद्धि कर नबुझाएको उल्लेख गरेको छ । पाथीभरा कन्स्ट्रक्सन इटहरी र पाथीभरा निर्माण सेवाले १५ लाखभन्दा बढी भ्याट नबुझाएका हुन् । प्रतिवेदनअनुसार पाथीभरा निर्माण सेवाले सडक उपयोग कर १० लाख ६५ हजार २ सय २४ रुपैयाँ भ्याट तिर्न बाँकी रहेको छ । पाथीभरा कन्स्ट्रक्सन इटहरीले विज्ञापन करको २ लाख १६ हजार ८८ रुपैयाँ मूल्य अभिवृद्धि कर भुक्तानी गरेको छैन । पाथीभरा कन्स्ट्रक्सनले नै कवाडी करको मूल्य अभिवृद्धि २ लाख २८ हजार ७ सय ३ रुपैयाँ कर भुक्तानी गर्न बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

जम्मा कुल १५ लाख १० हजार १७ रुपैयाँ बाँकी छ । महालेखाले यो कर असुल गर्नुपर्ने देखाएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को १५(३) मा मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको बिक्री गर्दा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने उल्लेख छ । कार्यालयले गत आर्थिक वर्षको आय ठेक्का गरी राजश्व असुल गरेकोमा बोलपत्र सकारकर्ताबाट नियमानुसार मूल्य अभिवृद्धि कर असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गरेको देखिएन’ प्रतिवदेन भनिएको छ ।

लाखौं व्ययभार
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले नीतिविपरीत वन रक्षक नियुक्त गर्दा लाखौं व्ययभार बढेको छ । आर्थिक वर्ष २०७९÷०८० को महालेखा परीक्षकको प्रतिवेदनअनुसार धरान उपमहानगरका प्रमुख साम्पाङले नीतिविपरीत वन कार्यालयको क्षेत्राधिकारमा रहेको वन रक्षक नियुक्त गरेको देखाएको छ । आफन्त वा नजिकका व्यक्ति नियुक्ति गर्न वनको काम गर्दै पञ्चकन्या वन संरक्षण कार्यका लागि  ४ जना वन रक्षक राख्दा १ लाख ४९ हजार ९ सय ४ रुपैयाँ भुक्तानी गरेको छ । वनले गर्नु पर्ने कर्मचारी नगरले नियुक्त गर्दा लाखौं व्ययभार बढेको छ ।

यस्तै धरान–१४ को वडा कार्यालयले ५ लाख ५७ हजार ६६० रुपैयाँ भुक्तानी गरेको छ । नगर र वडाले कुल ७ लाख २५ हजार ५६४ रुपैयाँ भुक्तानी गरेको छ । महालेखाको प्रतिवेदनले अनियमित लेखेको छ । कानूनको क्षेत्रभित्र नपर्ने भन्दै नियुक्त गर्ने नेतृŒवलाई जिम्मेवार बनाउनु पर्ने प्रतिवेदनमा भनिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रीसियन, चौकीदार, माली, बगैंचेलगायतका पदमा मात्र करारबाट सेवा लिन सक्ने उल्लेख छ । तर, ‘उपमहानगरले देहायबमोजिम डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने वन रक्षक पदमा आफ्नो कार्य क्षेत्र भित्र नपर्ने तथा कानूनले नै करार कर्मचारी नियुक्ति गर्न नमिल्ने कर्मचारी नियुक्ति गरेको देखिएकोले नियुक्ति गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनू’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मापदण्डविना लाखौं सहयोग
धरान उपमहानगरपालिकाले कार्यविधि ऐन नबनाई लाखौं आर्थिक सहयोगमा खर्च गरेको छ ।
महालेखाको प्रतिवेदनअनुसार नगरले स्पष्ट मापदण्ड र कार्यविधि तर्जुमा गरी तथा बजेट विनियोजन गरेर मात्र आर्थिक सहायता वितरण गर्नुपर्दछ । तर, नगर प्रमुख हर्कराज राईले मापदण्ड र कार्यविधि तयार नगरी आफन्त विभिन्न सङ्घ–संस्था र व्यक्तिहरूलाई ९ लाख ९६ हजार ५ सय रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । प्रतिवेदनले निश्चित विधि र मापदण्ड विना आर्थिक सहायता वितरण गर्ने प्रक्रियामा नियन्त्रण गर्न पनि सुझाएको छ ।

बहाल कर पनि बाँकी
प्रतिवेदनले धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र आफूले निर्माण, रेखदेख वा सञ्चालन गरेको हाट, बजार वा पसल वा सरकारी जग्गामा बनेका संरचनाको उपयोग बापत बहाल बिटौरी शुल्क सङ्कलन गर्न पाउने कानूनी व्यवस्था छ । तर, नगरले लाखभन्दा बहाल उठाउन सकेको छैन ।

प्रतिवेदनअनुसार बीपी सुन्दर बजारका सुरेन्द्र साह हलुवाईले गत आर्थिक वर्षको ४५ हजार रुपैयाँ बहाल नगरलाई नतिरेको देखाएको छ । बीपी सुन्दर बजारका गुडियादेवी साहले १० हजार ३ सय रुपैयाँ बहाल भुक्तानी नगरेको प्रतिवेदनले देखाएको छ । बीपी सुन्दर बजारकै आकाशा साहको १ हजार २ सय ४० रुपैयाँ छ । गीता खड्काले सपिङ कम्प्लेक्स ३९ हजार १ सय ७९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

यस्तै धरान–३ का भगत चौधरीले पालिका तरकारी बजारको १७ हजार ५ सय २० रुपैयाँ बहाल कर भुक्तानी गर्न बाँकी छ । पालिका तरकारी बजारका मनोज चौधरीले २ हजार ५ सय रुपैयाँ, लालकाजी खड्की १ हजार ३ सय रुपैयाँ, ज्ञानु शाक्यको १४ हजार ८ सय ८० रुपैयाँ र सरस्वती परियारको ६ हजार २ सय रुपैयाँ भुक्तानी बाँकी छ । यसरी १ लाख ३८ हजार १ सय १९ रुपैयाँ घर बहाल उठाउन बाँकी रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५९ मा पालिकाले आफ्नो क्षेत्रभित्र आफूले निर्माण, रेखदेख वा सञ्चालन गरेको हाट, बजार वा पसल वा सरकारी जगामा बनेका संरचनाको उपयोग बापत बहाल बिटौरी शुल्क लिन पाउने व्यवस्था रहेको छ । उपमहानगरले सपिङ कम्प्लेक्स भवनमा ३३ वटा, बीपी. सुन्दर बजारमा ३० वटा, पालिका तरकारी बजारको (क) क्षेत्रमा १४ वटा, (ख) क्षेत्रमा १ सय ६१ वटा र (ग) क्षेत्रमा ११ कोठा भाडामा रहेका छन् । उपमहानगरपालिकासँग भएको सम्झौताअनुसार बहाल नतिरेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending