Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

आयोगले बुझाएको प्रतिवेदन अनुसार सीआईबीका ४ इन्स्पेक्टरको सरुवा

खबरडबली संवाददाता

 काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई हटाइएको छ । सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको प्रतिवेदन अनुसार उनीहरुको सरुवा गरिएको हो । 

इन्स्पेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको भने अर्का इन्स्पेक्टर रन्जित लामाको पनि प्रहरी  हेडक्वार्टरमै सरुवा भएको छ । त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिन्छन् ।

सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबीका एआईजी किरण बज्राचार्य सहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।

त्यस्तै अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्स्पेक्टरहरूको पनि सरुवा गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी र २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो । जसमा अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर गल्ती भएको आयोगले प्रतिवेदनमा औंल्याएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending