Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

खबरडबली संवाददाता

कैलाली । कैलाली समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ ९होली० को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ । त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्ने कुरामा उहाँले नमर्ने कृति दाइजो मागेका थिए ।

कुमाउ गडुवालबाट होरी दाइजोका रुपमा ल्याएर अछाम पुग्नुभएका राजा भानले त्यसमा प्रयोग हुने ढोल, टाम्को, झ्याली, होरीको बही र बाजा बजाउने जिताउरे दमाईलाई समेत सँगै लिएर आएका थिए । रानीको मन बहलाउन त्यहाँबाट ल्याएको होरी खेल्न सुरु भएको जनविश्वास छ ।

शिवरात्रिका दिन वैजनाथ धाममा सुरु गर्ने होरी पछि शिवालयबाट सुरु गर्ने चलन चल्यो । अष्टमीदेखि पूर्णिमासम्म बहीअनुसार बर्ज भाषामा खेल्न थालिएको होरी समयसँगै अछाममा विभिन्न स्थानमा खेल्न थालिएको इतिहासका जानकार पदमबहादुर रावलले बताए । 

समयको परिवर्तनसँगै विसं १९५०र६० को दशकमा कस्मिरे पण्डितको नामले परिचित केवलानन्द डण्डी स्वामीले त्यो बर्ज भाषाको होरीलाई अछामको संस्कृतिअनुसार परिमार्जन गरेको पाइन्छ ।

“स्वामीले १९६० को दशकमा होरी संगित किताब लेख्नुभएको थियो । उहाँले पुरानो बर्ज शैलीलाई परिमार्जन गर्दै त्यसमा रामलीला र कृष्ण चरित्रमा आधारित रहेर होरीमा गाउने डेउडा (डेबरा) लेख्नुभएको थियो । डेबरालाई धार्मिक आस्थासँग ढाल्ने काम भयो’’, रावलले भने, “त्यतिमात्र नभई होरीलाई तालबद्ध र छन्दबद्ध गर्ने काम पनि स्वामीले गर्नुभएको थियो । उहाँले लेखेको पुस्तकमा होरीलाई १६ छन्दमा परिमार्जन गरेको पाइन्छ । “त्यसमा प्रयोग हुने ढोल, ट्याम्को र झ्याली बजाउन साइमले दमाईलाई स्वामीले नै सिकाएको रावलले बताए  । 

स्वामीले लेखेको पुस्तकमा ७४ डेबरा छन् । डेबरा रामलीलामा आधारित छन् । श्रीकृष्ण चरित्रमा आधारित ३९ वटा डेबरा लेखिएका छन् भने एउटा वंशावलीमा आधारित डेबरा लेखिएको छ । सुगाली बढिगाउँबाट रुपान्तरण भएको होरी त्यसपछि अछाम जिल्लाभर विस्तार भयो । अछामी समुदायको बाहुल्यता रहेको कैलालीको टीकापुरको होरीलाई विशेष महत्वका साथ हेरिने गरेको छ ।     
     
कसरी खेलिन्छ होरी ? 

महाशिवरात्रिको दिन होरीको उद्घाटन गरिन्छ । सेतो दाउरा सुरुवाल अथवा सेतो पाइजामा र पगरीमा सजिएर डेउडा शैलीमा अछामी होरी खेल्ने गरिन्छ । खलिफाले भनेको डेबरालाई लयमा ढाल्दै खुट्टाको पैताला मिलाउँदै खेलिन्छ । होरी खेल्नेहरु दुई भागमा विभाजन भएर एकले भनेको अर्को पछ्याउँदै होरी खेल्ने चलन अछामी समुदायमा छ ।

अष्टमीबाट खेल्न सुरु हुने होरी मङ्गला चरण डेबराबाट सुरु हुन्छ । स्वामीले तीनवटा मङ्गला चरण डेबरा बनाएका छन् । “नाचे सदा शिव बम भोला, नाचे सदा शिव बम भोला । “शङ्कर खेल त होरी रे लाल, शङ्कर खेल त होरी रे लाल’’, श्लोकबाट होरीको सुरुआत हुन्छ । त्यसपछि रामलीला र श्रीकृष्ण चरित्रमा रहेर डेबरा प्रस्तुत हुन्छन् ।     

होरी खेल्दा डेबरा भन्नेलाई खलिफा भनिन्छ । बाजा बजाउनेलाई ताइपो भनिन्छ । देउडा शैली खुट्टाका पैताला मिलाउँदै खेलिने होरी फागुपूर्णिमाको दिन समापन गरिन्छ । “समापनको दिन चिर पोल्ने गरिन्छ । चिर पोलेको खरानीको टीका लगाएपछि होरी समापन भएको मानिन्छ ।

होरीका अर्का जानकार तपेन्द्रबहादुर रावलले भन्नुभयो, “पहिले चिर पोल्दा बलि दिने चलन भएपनि अहिले त्यो चलन छैन ।’’ चिर जलाइसकेपछि ‘रंगिलो होरी गैजान लाग्यो भटकिन लाग्यो छाती रे’ भन्दै अन्तिम डेबरा गाउँदै होरी समापन गरिन्छ । 

होरी लोप हुने खतरा बढ्दै     

नयाँ पुस्ताले होरीमा चासो नदिएका कारण होरी लोप हुँदै जाने चिन्ता बढ्दै गएको छ । नयाँ पुस्तालाई होरीमा जोड्न नसकिए विस्तारै यो पर्व हराउँदै जानसक्ने बताइएको छ ।

त्यसबेलाको भाषा शैली अहिलेको युवा पुस्ताका लागि बुझ्न कठिन हुने बताउँदै रावलले त्यसलाई वर्तमान परिवेश सुहाउँदो परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले भने, “जसरी राजा भानको होरीलाई स्वामीले परिमार्जन गरे जस्तै आज परिमार्जन गर्ने व्यक्तिको खाँचो छ ।’’     

अछामी होरीको विषयमा विद्यावारधि गर्नुभएको डा देवेन्द्र भट्टले लोक भाषा, लोक संस्कृतिलाई परिमार्जन गर्न नसकिने बताउँदै पुस्ता हस्तान्तरणमा पुरानो पिंढी सचेत बन्नुपर्ने बताए । ‘अछामी होरी’ नामक पुस्तकसमेत लेख्नु भएका भट्टले अछाममा होरी राजा भान शाहले ल्याएको भन्ने भएपनि होली प्राचीन समयदेखि नै खेलिँदै आएको पर्व भएको बताउनुभयो । सत्य युग, प्रेता युग र द्वारयुगमा पनि होली खेलिने गरेको उ बताए । 

पुस्ता हस्तान्तरण हुन नसक्दा युवाहरूमा होरीप्रति आकर्षण बढ्न नसकेको पाइन्छ । स्थानीय युवा झनकराज तिमिल्सिना पुस्ता हस्तान्तरण हुन नसके केही वर्षपछि होरीको इतिहास सङ्कटमा पर्न सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ । उनले भने, “यहाँ सिकाउनेको अभाव छ । होरी खेल्दा पनि सिकाइको भावना नेतृत्वमा छैन । बिग्रेपछि हात समातेर खेलबाट निकाल्ने चलन छ ।’’     

पुराना संस्कार र संस्कृतिको जगेर्ना गर्नका लागि युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने स्थानीय समाजसेवी भानुभक्त जैशीले बताए  ।

उनले संस्कृतिसँग जोडिएका संघसंस्थाहरुमा युवाहरूको सहभागिता नहुनुले पनि पुराना कुराहरू युवाहरू आकर्षणमा पर्न नसकेको बताए । “युवाहरूले आफ्ना कला र संस्कृतिहरुलाई चासो दिएका हुन्छन् । युवाको चासोलाई पाको पुस्ताले बुझ्नुपर्छ”, जैशीले भने, “सिक्न चाहने र जान्न चाहने युवाहरूले सिक्ने अवसर नपाउँदा होरी मात्रै नभई अन्य पुराना कला र संस्कृति लोप हुने खतरामा छन् ।’’    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending