Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

खबरडबली संवाददाता

कैलाली । कैलाली समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ ९होली० को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ । त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्ने कुरामा उहाँले नमर्ने कृति दाइजो मागेका थिए ।

कुमाउ गडुवालबाट होरी दाइजोका रुपमा ल्याएर अछाम पुग्नुभएका राजा भानले त्यसमा प्रयोग हुने ढोल, टाम्को, झ्याली, होरीको बही र बाजा बजाउने जिताउरे दमाईलाई समेत सँगै लिएर आएका थिए । रानीको मन बहलाउन त्यहाँबाट ल्याएको होरी खेल्न सुरु भएको जनविश्वास छ ।

शिवरात्रिका दिन वैजनाथ धाममा सुरु गर्ने होरी पछि शिवालयबाट सुरु गर्ने चलन चल्यो । अष्टमीदेखि पूर्णिमासम्म बहीअनुसार बर्ज भाषामा खेल्न थालिएको होरी समयसँगै अछाममा विभिन्न स्थानमा खेल्न थालिएको इतिहासका जानकार पदमबहादुर रावलले बताए । 

समयको परिवर्तनसँगै विसं १९५०र६० को दशकमा कस्मिरे पण्डितको नामले परिचित केवलानन्द डण्डी स्वामीले त्यो बर्ज भाषाको होरीलाई अछामको संस्कृतिअनुसार परिमार्जन गरेको पाइन्छ ।

“स्वामीले १९६० को दशकमा होरी संगित किताब लेख्नुभएको थियो । उहाँले पुरानो बर्ज शैलीलाई परिमार्जन गर्दै त्यसमा रामलीला र कृष्ण चरित्रमा आधारित रहेर होरीमा गाउने डेउडा (डेबरा) लेख्नुभएको थियो । डेबरालाई धार्मिक आस्थासँग ढाल्ने काम भयो’’, रावलले भने, “त्यतिमात्र नभई होरीलाई तालबद्ध र छन्दबद्ध गर्ने काम पनि स्वामीले गर्नुभएको थियो । उहाँले लेखेको पुस्तकमा होरीलाई १६ छन्दमा परिमार्जन गरेको पाइन्छ । “त्यसमा प्रयोग हुने ढोल, ट्याम्को र झ्याली बजाउन साइमले दमाईलाई स्वामीले नै सिकाएको रावलले बताए  । 

स्वामीले लेखेको पुस्तकमा ७४ डेबरा छन् । डेबरा रामलीलामा आधारित छन् । श्रीकृष्ण चरित्रमा आधारित ३९ वटा डेबरा लेखिएका छन् भने एउटा वंशावलीमा आधारित डेबरा लेखिएको छ । सुगाली बढिगाउँबाट रुपान्तरण भएको होरी त्यसपछि अछाम जिल्लाभर विस्तार भयो । अछामी समुदायको बाहुल्यता रहेको कैलालीको टीकापुरको होरीलाई विशेष महत्वका साथ हेरिने गरेको छ ।     
     
कसरी खेलिन्छ होरी ? 

महाशिवरात्रिको दिन होरीको उद्घाटन गरिन्छ । सेतो दाउरा सुरुवाल अथवा सेतो पाइजामा र पगरीमा सजिएर डेउडा शैलीमा अछामी होरी खेल्ने गरिन्छ । खलिफाले भनेको डेबरालाई लयमा ढाल्दै खुट्टाको पैताला मिलाउँदै खेलिन्छ । होरी खेल्नेहरु दुई भागमा विभाजन भएर एकले भनेको अर्को पछ्याउँदै होरी खेल्ने चलन अछामी समुदायमा छ ।

अष्टमीबाट खेल्न सुरु हुने होरी मङ्गला चरण डेबराबाट सुरु हुन्छ । स्वामीले तीनवटा मङ्गला चरण डेबरा बनाएका छन् । “नाचे सदा शिव बम भोला, नाचे सदा शिव बम भोला । “शङ्कर खेल त होरी रे लाल, शङ्कर खेल त होरी रे लाल’’, श्लोकबाट होरीको सुरुआत हुन्छ । त्यसपछि रामलीला र श्रीकृष्ण चरित्रमा रहेर डेबरा प्रस्तुत हुन्छन् ।     

होरी खेल्दा डेबरा भन्नेलाई खलिफा भनिन्छ । बाजा बजाउनेलाई ताइपो भनिन्छ । देउडा शैली खुट्टाका पैताला मिलाउँदै खेलिने होरी फागुपूर्णिमाको दिन समापन गरिन्छ । “समापनको दिन चिर पोल्ने गरिन्छ । चिर पोलेको खरानीको टीका लगाएपछि होरी समापन भएको मानिन्छ ।

होरीका अर्का जानकार तपेन्द्रबहादुर रावलले भन्नुभयो, “पहिले चिर पोल्दा बलि दिने चलन भएपनि अहिले त्यो चलन छैन ।’’ चिर जलाइसकेपछि ‘रंगिलो होरी गैजान लाग्यो भटकिन लाग्यो छाती रे’ भन्दै अन्तिम डेबरा गाउँदै होरी समापन गरिन्छ । 

होरी लोप हुने खतरा बढ्दै     

नयाँ पुस्ताले होरीमा चासो नदिएका कारण होरी लोप हुँदै जाने चिन्ता बढ्दै गएको छ । नयाँ पुस्तालाई होरीमा जोड्न नसकिए विस्तारै यो पर्व हराउँदै जानसक्ने बताइएको छ ।

त्यसबेलाको भाषा शैली अहिलेको युवा पुस्ताका लागि बुझ्न कठिन हुने बताउँदै रावलले त्यसलाई वर्तमान परिवेश सुहाउँदो परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले भने, “जसरी राजा भानको होरीलाई स्वामीले परिमार्जन गरे जस्तै आज परिमार्जन गर्ने व्यक्तिको खाँचो छ ।’’     

अछामी होरीको विषयमा विद्यावारधि गर्नुभएको डा देवेन्द्र भट्टले लोक भाषा, लोक संस्कृतिलाई परिमार्जन गर्न नसकिने बताउँदै पुस्ता हस्तान्तरणमा पुरानो पिंढी सचेत बन्नुपर्ने बताए । ‘अछामी होरी’ नामक पुस्तकसमेत लेख्नु भएका भट्टले अछाममा होरी राजा भान शाहले ल्याएको भन्ने भएपनि होली प्राचीन समयदेखि नै खेलिँदै आएको पर्व भएको बताउनुभयो । सत्य युग, प्रेता युग र द्वारयुगमा पनि होली खेलिने गरेको उ बताए । 

पुस्ता हस्तान्तरण हुन नसक्दा युवाहरूमा होरीप्रति आकर्षण बढ्न नसकेको पाइन्छ । स्थानीय युवा झनकराज तिमिल्सिना पुस्ता हस्तान्तरण हुन नसके केही वर्षपछि होरीको इतिहास सङ्कटमा पर्न सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ । उनले भने, “यहाँ सिकाउनेको अभाव छ । होरी खेल्दा पनि सिकाइको भावना नेतृत्वमा छैन । बिग्रेपछि हात समातेर खेलबाट निकाल्ने चलन छ ।’’     

पुराना संस्कार र संस्कृतिको जगेर्ना गर्नका लागि युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने स्थानीय समाजसेवी भानुभक्त जैशीले बताए  ।

उनले संस्कृतिसँग जोडिएका संघसंस्थाहरुमा युवाहरूको सहभागिता नहुनुले पनि पुराना कुराहरू युवाहरू आकर्षणमा पर्न नसकेको बताए । “युवाहरूले आफ्ना कला र संस्कृतिहरुलाई चासो दिएका हुन्छन् । युवाको चासोलाई पाको पुस्ताले बुझ्नुपर्छ”, जैशीले भने, “सिक्न चाहने र जान्न चाहने युवाहरूले सिक्ने अवसर नपाउँदा होरी मात्रै नभई अन्य पुराना कला र संस्कृति लोप हुने खतरामा छन् ।’’    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending