Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

तीन सय वर्ष पुरानो ‘फागु’ गीत संरक्षणमा युवा

खबरडबली संवाददाता

बागलुङ । 

 मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो....   
 औँला काटी कलम बनावे । रगत के मसिया बनावे...यै हो ।।
 हाय हाय रगत के मसिया बनावे सखियाँ ।     
 धड्कन लाग्यो छाती हो.....   
 छाला काटी काजत बनावे । विरहको चिठ्ठी लेखी भेज्यो......यै हो     
 हाय हाय विरह को चिठ्ठी लेखी भेज्यो सखियाँ     
 धड्कन लाग्यो छाती हो...... 

हरेक वर्ष फागुपूर्णिमाका अवसरमा बागलुङ बजारको नारायणचोकमा घन्कने फागु गीत हो यो । पछिल्लो समय यहाँका युवा पुराना पुस्ताको नासो संरक्षणमा लागेका छन् ।     

फागु गीत मादलको तालमा लयबद्ध बनाउँदै गाउँदै होलीको रङ्गसँग रमाउँदै गाइने गीतलाई जीवन्तता दिन बागलुङका नेवार समुदायका युवायुवती जुटेका हुन् । संरक्षित यही ऐतिहासिक फागु गीतले पछिल्लो पुस्ताका युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्दै आएको छ ।

मादल र झ्याली बजाउँदै पुराना पुस्ता फागु भट्टाउँछन् भने नयाँ पुस्ता ती भाका छोप्दै गाउँने कार्यले नारायणचोक प्रत्येक वर्ष रङ्गिने गरेको छ । यहाँका नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाउन नेपाल भाष मंकाः खलःले अग्रसरता लिँदै आएको छ ।

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु खेलिन्छ । पछिल्लो समय अन्य समुदायका व्यक्तिको उपस्थितिले पर्वलाई थप उत्सहपूर्ण र मर्यादित मनाउँदै लगेको मंकाः खलःका अध्यक्ष मुकेश राजभण्डारीले बताए ।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उनको भनाइ छ । पाकादेखि युवा पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा बागलुङ बजारमा फागुको छुट्टै रौनकता देखिने राजभण्डारीले बताए ।

सबै समुदायका व्यक्ति एकैठाउँमा जम्मा भएर, नाच्दै, गाउँदै, रङसँग रमाउँदै यो पर्व मनाउने गरिएको अध्यक्ष राजभण्डारीले बताए । यसरी सभ्य भएर रमाइलो गरिरहँदा संस्कृतिका साथै पुराना परम्परा र लोक भाकासमेत संरक्षण भइरहेको उनको भनाइ छ ।

परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंकाः खलःको आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत बर्सैनि गाइँदै आएको राजभण्डारीले बताए । 

“यो गीतलाई लिपिबद्ध गरेका छौँ । पहिला एउटा कपीमा लेखिएको अवस्थामा भेटिएको यो गीतलाई लिपिबद्ध गरेर प्रत्येक वर्ष गाउँदै आएका छौँ । पाका पुस्ताले मौखिकरुपमा गाउने गरे तापनि हराउने सम्भावना भएकाले लिपिबद्ध गरेर सुरक्षित गरिएको छ”, राजभण्डारीले भने, “होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको पछिल्लो समयमा मौलिक पहिचान दिने पुराना ‘फागु’ गीत नारयणकोचमा बर्सेनि घन्किँदै आएको छ ।”

आजको होलीलाई विशेष बनाउनका लागि खलःले पूर्वतयारी गरेको छ । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा पनि लिपिबद्ध गरिएको राजभण्डारीले जानकारी दिए । 

“फागु गीतमा बलिराजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ, फागुको राग लिन्छौँ, गाउँछौँ, भनेर भनिएको छ”, मंकाः खलःका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भने, “महिला र पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका मायापिरतीलगायतका भाव गीतमा समावेश गरिएको छ ।” मनको भावनालाई वसन्त राग शैलीमा रङग्याउने गीत नै फागु गीत भएको उनको भनाइ छ ।

केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनकता हराउँदै गएकोप्रति यहाँका नेवार समुदाय चिन्तित भएपछि फागु पर्व संरक्षणमा लागिएको संस्थापक संयोजक छोटाले बताए ।

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा यहाँका पाका पुरानादेखि युवायुवती आश्चर्यमा पर्ने गरेका छन् । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।     

पछिल्लो समयमा फागु पर्वमा अन्य समुदायलाई समेत समावेश गरिँदै आइएको छ । मंकाः खलःले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणमा जोड दिँदै आएको छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending