Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

नार्कमा अलपत्र भयो फौजी किरा नियन्त्रण गर्ने प्रविधि

खबरडबली संवाददाता

काठमाडौं । मकैदेखि विभिन्न बालीमा क्षति पुर्‍याउँदै आएको अमेरिकी फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले नयाँ प्रविधि पत्ता लगाएका छन्, तर त्यो प्रविधि अलपत्र अवस्थामा छ ।

गाडीका इन्जिनमा प्रयोग हुने ग्रिज मकै बालीमा प्रयोगमा ल्याएपछि फौजी किरालाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका नार्कका वैज्ञानिक डा. उज्ज्वल कुशवाहाले बताए । फौजी किरा नियन्त्रणका लागि वैज्ञानिक कुशवाहाले विगत चार वर्षदेखि अनुसन्धान गरी त्यसमा सफल भए तर नार्कले हालसम्म त्यसलाई मान्यता दिएको छैन । 

नार्कका अर्का वैज्ञानिक भानुभक्त पोखरेलले ग्रिसबाट फौजी किरा नियन्त्रण गर्ने भनी अनुसन्धान भएको हो तर नार्कले अझै त्यसलाई अनुसन्धानकै क्रममा राखेको बताए । उनले भने, “यसको बारेमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम चितवनले अनुसन्धान गरिरहेको छ, यसको सबै अनुसन्धान पूरा भएपछि मात्र नार्कले स्वामित्व लिन्छ ।”

यो प्रविधिको बारेमा अझै दुई वर्ष अनुसन्धान हुने बताउँदै उनले यसको बारेमा चितवन, नेपालगञ्ज, तरहरा, पाख्रीबास र डोटीमा अनुसन्धान भइरहेको बताए । नार्कका वैज्ञानिकले मकै बालीमा यो प्रविधिलाई प्रयोग गरिरहेको बताउँदै उनले पहिलो वर्षमा सकारात्मक नतिजा आएको छ तर अझै अनुसन्धानकै क्रममा रहेको बताए । 

कुशवाहा धानका वैज्ञानिक हुन् तर उनले फौजी किराको बारेमा अनुसन्धान गर्दा नार्कका त्यससँग सम्बन्धित अन्य वैज्ञानिकलाई राम्रो लागेन । उनले गरेको अनुसन्धानलाई धेरैले विरोध गरेका थिए । सोही विरोधका कारण नार्कमा उनको अनुसन्धान अलपत्र परेको छ । वैज्ञानिक कुशवाहाले भने, “मैले आफ्नो अनुसन्धानका बारेमा नार्कका तत्कालीन इडीका बारेमा जानकारी गराएको थिएँ तर उहाँले त्यति वास्ता नगरेका कारण हालसम्म त्यो अलपत्रको अवस्थामा रहेको छ ।”  

यसको अनुसन्धान गर्ने निकाय किट विज्ञान महाशाखा अनुसन्धान केन्द्रका प्रमुख अजय श्रीरत्न वज्राचार्यले वैज्ञानिक कुशवाहाले गरेको अनुसन्धानको बारेमा आधिकारिक जानकारी नआएको दाबी गरे । उनले भने, “कुशवाहाजीले गर्नुभएको अनुसन्धानका बारेमा मैले पत्रपत्रिकामा पढेको हुँ तर हामीकहाँ आधिकारिक जानकारी आएको छैन, उहाँले नार्कमा कसलाई जानकारी गराउनुभएको छ थाहा छैन ।” वैज्ञानिक कुशवाहाले आफूले गरेको अनुसन्धान प्रविधिको बारेमा बेलायतको चर्चित म्यागजिन ‘नेचर जर्नल साइन्टिफिक रिपोर्ट्सको अनलाइन संस्करणमा पनि प्रकाशित भएको र अन्य ठाउँमा पनि यसको बारेमा अनुसन्धान तथा छलफल भइरहेको बताए । 

नेपालमा पनि थुप्रै ठाउँमा किसानले पनि प्रयोगमा ल्याइरहेका छन्, धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै उहाँले एक दिन यसले अवश्य मान्यता पाउनेमा आफू विश्वस्त रहेको बताए । अहिले फौजी किरा नियन्त्रणका लागि थुप्रै केमिकल प्रयोग भइरहेका छन् । त्यो प्रभावकारी देखिएको छैन । यो ग्रिजबाला प्रविधि आएपछि किसानलाई केही राहत हुने विश्वास आफूले लिएको उहाँले बताए । मकैको पातमा १०–१५ एमजी ग्रिज लगाएर छाड्नु पर्छ । फौजी किरा त्यो पातमा आएपछि टाँसिएर लड्छन् र त्यसलाई निगेटिभ सङ्केतका रूपमा लिन्छ र त्यहाँबाट भाग्छन् ।

मकैमा लगाएको खेतको सम्पूर्ण बोटमा ग्रिज लगाउनु पर्छ भन्ने हुँदैन । खेतमा लगाएको मकैको कुल सङ्ख्याको बोटको पाँचदेखि १० प्रतिशतजति बोटमा ग्रिज लगाए पुग्ने उनले बताए । 

सन् २०१९ तिर सर्लाहीको गोडौला नगरपालिका–५ मा १५ यसको प्रयोग उहाँले गर्नुभएको थियो । उहाँले केही क्षेत्रफलमा अहिले प्रयोग हुँदै आएको ‘इमामेबेट्रिन केमिकलको प्रयोग गरे भने केहीलाई त्यतिकै छाड्नुभयो भने केहीमा ग्रिजको प्रयोग गरेका थिए  । उनले भने, “यस्तो प्रयोग मैले तीन वर्षसम्म गरेँ, ग्रिज लगाएको क्षेत्रमा फौजी किरा शून्य भएको पाएँ तर अरू केमिकल प्रयोग गरेको ठाउँमा पुनः फर्केर आएको थियो ।” यसरी आफ्नो प्रविधिमा सफल भएपछि नार्कमा धेरैजनालाई जानकारी गराएँ तर सकारात्मक प्रतिक्रिया कतैबाट नपाएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending