Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नार्कमा अलपत्र भयो फौजी किरा नियन्त्रण गर्ने प्रविधि

खबरडबली संवाददाता

काठमाडौं । मकैदेखि विभिन्न बालीमा क्षति पुर्‍याउँदै आएको अमेरिकी फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले नयाँ प्रविधि पत्ता लगाएका छन्, तर त्यो प्रविधि अलपत्र अवस्थामा छ ।

गाडीका इन्जिनमा प्रयोग हुने ग्रिज मकै बालीमा प्रयोगमा ल्याएपछि फौजी किरालाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका नार्कका वैज्ञानिक डा. उज्ज्वल कुशवाहाले बताए । फौजी किरा नियन्त्रणका लागि वैज्ञानिक कुशवाहाले विगत चार वर्षदेखि अनुसन्धान गरी त्यसमा सफल भए तर नार्कले हालसम्म त्यसलाई मान्यता दिएको छैन । 

नार्कका अर्का वैज्ञानिक भानुभक्त पोखरेलले ग्रिसबाट फौजी किरा नियन्त्रण गर्ने भनी अनुसन्धान भएको हो तर नार्कले अझै त्यसलाई अनुसन्धानकै क्रममा राखेको बताए । उनले भने, “यसको बारेमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम चितवनले अनुसन्धान गरिरहेको छ, यसको सबै अनुसन्धान पूरा भएपछि मात्र नार्कले स्वामित्व लिन्छ ।”

यो प्रविधिको बारेमा अझै दुई वर्ष अनुसन्धान हुने बताउँदै उनले यसको बारेमा चितवन, नेपालगञ्ज, तरहरा, पाख्रीबास र डोटीमा अनुसन्धान भइरहेको बताए । नार्कका वैज्ञानिकले मकै बालीमा यो प्रविधिलाई प्रयोग गरिरहेको बताउँदै उनले पहिलो वर्षमा सकारात्मक नतिजा आएको छ तर अझै अनुसन्धानकै क्रममा रहेको बताए । 

कुशवाहा धानका वैज्ञानिक हुन् तर उनले फौजी किराको बारेमा अनुसन्धान गर्दा नार्कका त्यससँग सम्बन्धित अन्य वैज्ञानिकलाई राम्रो लागेन । उनले गरेको अनुसन्धानलाई धेरैले विरोध गरेका थिए । सोही विरोधका कारण नार्कमा उनको अनुसन्धान अलपत्र परेको छ । वैज्ञानिक कुशवाहाले भने, “मैले आफ्नो अनुसन्धानका बारेमा नार्कका तत्कालीन इडीका बारेमा जानकारी गराएको थिएँ तर उहाँले त्यति वास्ता नगरेका कारण हालसम्म त्यो अलपत्रको अवस्थामा रहेको छ ।”  

यसको अनुसन्धान गर्ने निकाय किट विज्ञान महाशाखा अनुसन्धान केन्द्रका प्रमुख अजय श्रीरत्न वज्राचार्यले वैज्ञानिक कुशवाहाले गरेको अनुसन्धानको बारेमा आधिकारिक जानकारी नआएको दाबी गरे । उनले भने, “कुशवाहाजीले गर्नुभएको अनुसन्धानका बारेमा मैले पत्रपत्रिकामा पढेको हुँ तर हामीकहाँ आधिकारिक जानकारी आएको छैन, उहाँले नार्कमा कसलाई जानकारी गराउनुभएको छ थाहा छैन ।” वैज्ञानिक कुशवाहाले आफूले गरेको अनुसन्धान प्रविधिको बारेमा बेलायतको चर्चित म्यागजिन ‘नेचर जर्नल साइन्टिफिक रिपोर्ट्सको अनलाइन संस्करणमा पनि प्रकाशित भएको र अन्य ठाउँमा पनि यसको बारेमा अनुसन्धान तथा छलफल भइरहेको बताए । 

नेपालमा पनि थुप्रै ठाउँमा किसानले पनि प्रयोगमा ल्याइरहेका छन्, धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै उहाँले एक दिन यसले अवश्य मान्यता पाउनेमा आफू विश्वस्त रहेको बताए । अहिले फौजी किरा नियन्त्रणका लागि थुप्रै केमिकल प्रयोग भइरहेका छन् । त्यो प्रभावकारी देखिएको छैन । यो ग्रिजबाला प्रविधि आएपछि किसानलाई केही राहत हुने विश्वास आफूले लिएको उहाँले बताए । मकैको पातमा १०–१५ एमजी ग्रिज लगाएर छाड्नु पर्छ । फौजी किरा त्यो पातमा आएपछि टाँसिएर लड्छन् र त्यसलाई निगेटिभ सङ्केतका रूपमा लिन्छ र त्यहाँबाट भाग्छन् ।

मकैमा लगाएको खेतको सम्पूर्ण बोटमा ग्रिज लगाउनु पर्छ भन्ने हुँदैन । खेतमा लगाएको मकैको कुल सङ्ख्याको बोटको पाँचदेखि १० प्रतिशतजति बोटमा ग्रिज लगाए पुग्ने उनले बताए । 

सन् २०१९ तिर सर्लाहीको गोडौला नगरपालिका–५ मा १५ यसको प्रयोग उहाँले गर्नुभएको थियो । उहाँले केही क्षेत्रफलमा अहिले प्रयोग हुँदै आएको ‘इमामेबेट्रिन केमिकलको प्रयोग गरे भने केहीलाई त्यतिकै छाड्नुभयो भने केहीमा ग्रिजको प्रयोग गरेका थिए  । उनले भने, “यस्तो प्रयोग मैले तीन वर्षसम्म गरेँ, ग्रिज लगाएको क्षेत्रमा फौजी किरा शून्य भएको पाएँ तर अरू केमिकल प्रयोग गरेको ठाउँमा पुनः फर्केर आएको थियो ।” यसरी आफ्नो प्रविधिमा सफल भएपछि नार्कमा धेरैजनालाई जानकारी गराएँ तर सकारात्मक प्रतिक्रिया कतैबाट नपाएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending