काठमाडौं । हिन्दुधर्मावलम्बीहरुले मनाउने होली पर्व आजभोली आम नेपालीहरूले मनाउने गरेका छन् । विशेषत यो पर्व भारत र नेपालमा मनाईने गरिने भए पनि पश्चिमा मुलुकमा पनि मनाइन थालेको देख्दा नेपाली संस्कृति पश्चिमा मुलुकमा पनि लोकप्रिय हुदे गएको छ ।
यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
यो पर्व मनाउनुको मुख्य कारणमा दानवता माथी मानवताको विजय भएको खुसीयालीमा मनाइन थालीएको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका ब्यक्ति थिए । उनको नाम हिरण्यकशिपु थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरेका थिए । तपस्याबाट भगवान् अतिनै खुसी भएर बरदान माग्न भन्दा उनले यस्तो बरदान मागे की उनीलाई कसैले पनि मार्न नसकुन् ।
उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिस वा देवताको हातबाट नहोस् । अस्त सस्त्रबाट पनि मृत्यु नहोस् । यस्तो अच्चमको बरदान् माग्दा भगवानलाई अनौठो त लाग्यो होला तर उनको कठीन तपस्याका कारण ब्रम्हाले बरदान त्यस्तै दिए ।
जव बरदान पाए, त्यसपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे ।
आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक—पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए ।
जसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर बालक सकुशल रहे । होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाईने भएका कारण यो दिनमा होलिकाको दहन गर्ने चलन पनि छ । यहि मान्यता अनुसार फागु पूर्णिमाका रुपमा होली पर्व मनाईन्छ ।
हिरण्यकशिकपुको अत्याचार बढ्न थालेपनि स्वयं विष्णु भगवान्ले नरसिंह अवतार लिएर उनलाई मार्नु परेको थियो । यो अवतार भनेको आधा मानिस र आधा सिंहको हो । हाम्रा पर्वहरुले हामीलाई केही न केही सकारात्मक सन्देश दिएका हुन्छन् । यो पर्वले पनि घमण्ड र नकारात्मक स्वभावलाई होइन नम्रता र असल कर्म गर्न सिकाएको छ ।
हामीले यो संसारमा जन्म लिईसकेपछि गलत होईन सत्कर्मलाई लिनुपर्छ । विद्यालयमा अध्ययनरत हामी विद्याथीले सबै साथीहरुसँग मिल्नुपर्छ र गुरुहरु र आफूभन्दा ठूलालाई सम्मान र सानालाई मायाँ गर्दै अनुशासनमा रहेर आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश मिलेको छ । होली पर्वले सबैमा उमंग र खुसीयाली ल्याउन सकोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: