सल्यान । अर्गानिक खेतिलाई बढावा दिन र अगुवा कृषकलाई दक्ष बनाउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा तालिम प्रदान गरिएको छ । अगुवा कृषकलाई दक्ष बनाई अन्य कृषकलाई पनि ज्ञान प्रदान गर्ने उद्देश्यले दुई दिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । अगुवा कृषकहरुलाई विषादीको प्रयोग विना कसरी रोग किरा नियन्त्रण गर्ने लगाएतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए ।
शनिबार तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले विषादीको बढ्दो प्रयोगले मानिसको स्वास्थ्य र वातावरणमा नराम्ररी असर पारिरहेको भन्दै विषादीको प्रयोग न्यूनीकरणका लागि अर्गानिक खेती एक मात्र विकल्प भएको बताए ।
यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजाराम रिजालले मन्तव्य राख्दै अगुवा कृषकहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अर्गानीक खेतीतर्फ अग्रसर हुन र गाउँमा अन्य किसानकहाँ पनि सचेतना फैलाउन जरुरी रहेको बताए ।
तालिममा सहभागि संघारमुलका अगुवा कृषक चन्द्रकला पुनले अन्न, फलफुल तथा तरकारी खेतीमा लाग्ने रोग किरा र त्यसको नियन्त्रणका लागि जैविक तरिकाको बारे धेरै महत्वपूर्ण जानकारी लिन पाइएको बताइन् ।
यस्तै अर्का अगुवा कृषक चेतनाथ योगीले यस किसिमको तालिम किसानको बस्ती बस्तीमा सञ्चालन गर्नुपर्ने भन्दै आफुले सिकेको कुरा अन्य किसानलाई सुझाउने बताए ।
बाली चक्र अपनाउँदै खेती प्रणाली सुधार गरेर तथा पासोको प्रयोग मार्फत रोग किरा नियन्त्रण गर्न सकिने गाउँपालिकाका कृषि स्नातक प्राविधिक महेश भण्डारीको भनाई छ । उनले निम, टिमुर, सुर्तीको झोल मल प्रयोग गरेर वानस्पतिक तरिकाले पनि बालीनालिका शत्रु जीव व्यवस्थापन गर्न सकिने बताए ।
ब्याक्टेरियाजन्य जैविक विषादी, रोगनाशक जैविक विषादी, भाइरसजन्य जैविक विषादी, ढुसीजन्य जैविक विषादी प्रयोग गर्ने सम्बन्धमा पनि किसानहरुलाई तालिममा अभिमुखिकरण गरिएको उनले जनाए ।
धान, गहुँ, मकै, काउली, आलु लगाएत सुन्तला जातका फलफुलमा लाग्ने रोग किरा व्यवस्थापन र कृषि विमाका बारेमा अगुवा कृषकलाई तालिम प्रदान गरिएको कृषि विकास शाखाले जनाएको छ ।
तालिम समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन वली, लेखापाल कमल बडुवाल, नायव प्राविधिक सहायक गणेश भण्डारी लगाएतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर केसीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: