सल्यान । अर्गानिक खेतिलाई बढावा दिन र अगुवा कृषकलाई दक्ष बनाउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा तालिम प्रदान गरिएको छ । अगुवा कृषकलाई दक्ष बनाई अन्य कृषकलाई पनि ज्ञान प्रदान गर्ने उद्देश्यले दुई दिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । अगुवा कृषकहरुलाई विषादीको प्रयोग विना कसरी रोग किरा नियन्त्रण गर्ने लगाएतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए ।
शनिबार तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले विषादीको बढ्दो प्रयोगले मानिसको स्वास्थ्य र वातावरणमा नराम्ररी असर पारिरहेको भन्दै विषादीको प्रयोग न्यूनीकरणका लागि अर्गानिक खेती एक मात्र विकल्प भएको बताए ।
यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजाराम रिजालले मन्तव्य राख्दै अगुवा कृषकहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अर्गानीक खेतीतर्फ अग्रसर हुन र गाउँमा अन्य किसानकहाँ पनि सचेतना फैलाउन जरुरी रहेको बताए ।
तालिममा सहभागि संघारमुलका अगुवा कृषक चन्द्रकला पुनले अन्न, फलफुल तथा तरकारी खेतीमा लाग्ने रोग किरा र त्यसको नियन्त्रणका लागि जैविक तरिकाको बारे धेरै महत्वपूर्ण जानकारी लिन पाइएको बताइन् ।
यस्तै अर्का अगुवा कृषक चेतनाथ योगीले यस किसिमको तालिम किसानको बस्ती बस्तीमा सञ्चालन गर्नुपर्ने भन्दै आफुले सिकेको कुरा अन्य किसानलाई सुझाउने बताए ।
बाली चक्र अपनाउँदै खेती प्रणाली सुधार गरेर तथा पासोको प्रयोग मार्फत रोग किरा नियन्त्रण गर्न सकिने गाउँपालिकाका कृषि स्नातक प्राविधिक महेश भण्डारीको भनाई छ । उनले निम, टिमुर, सुर्तीको झोल मल प्रयोग गरेर वानस्पतिक तरिकाले पनि बालीनालिका शत्रु जीव व्यवस्थापन गर्न सकिने बताए ।
ब्याक्टेरियाजन्य जैविक विषादी, रोगनाशक जैविक विषादी, भाइरसजन्य जैविक विषादी, ढुसीजन्य जैविक विषादी प्रयोग गर्ने सम्बन्धमा पनि किसानहरुलाई तालिममा अभिमुखिकरण गरिएको उनले जनाए ।
धान, गहुँ, मकै, काउली, आलु लगाएत सुन्तला जातका फलफुलमा लाग्ने रोग किरा व्यवस्थापन र कृषि विमाका बारेमा अगुवा कृषकलाई तालिम प्रदान गरिएको कृषि विकास शाखाले जनाएको छ ।
तालिम समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन वली, लेखापाल कमल बडुवाल, नायव प्राविधिक सहायक गणेश भण्डारी लगाएतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर केसीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: