Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

रुसमा आतंकबादी हमला, ६० जनाको मृत्यु भए पछि मस्कोमा के के भयो ?

पहिलानै अमेरिकाले दिएको थियो चेतावनी

खबरडबली संवाददाता

मस्को । मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राती रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

सो हमला पछि उक्त कन्सर्ट भवनमा ठूलो आगो लागेको थियो, जसको कारण थिएटर नजिकैको छतको केही भाग ध्वस्त भएको थियो तर अहिले प्राय जसो निभिएको बताइएको छ।

इस्लामिक स्टेट समूहले आक्रमण गरेको दाबी गरेको छ र उक्त घटनामा  जिम्मेवार व्यक्ति भने भागेको बताएको छ। अहिलेसम्म कसैलाइ नियन्त्रणमा लिइएको अझै रूसले खुलाएको छैन् । 

अमेरिकाले रूसमा यस्तो खाले हमला हुन्छ भन्ने दावी पहिले नै गरेको खुलेको छ । ह्वाइट हाउसले रुसलाई यस महिनाको सुरुमा नै मस्कोमा ‘ठूलो जमघटमा सम्भावित आक्रमणको चेतावनी दिएको बताएको छ। तर, अमेरिकाले यस अघि जारी गरेको चेतावनीलाइ लिएर अहिलेसम्म रुसले भने अझै पनि कुनै टिप्पणी गरेको छैन् ।

युक्रेनले भने रुसमा भएको सो हमलामा आफ्नो कुनै कुनै पनि संलग्नता नरहेको जनाएको छ ।

बीबीसीले सार्बजनिक गरेको भिडियो फुटेजहरूमा आक्रमणकारीहरूले भाग्न खोजिरहेका नागरिकहरूलाई अन्धाधुन्ध गोली चलाएको देखाइएको छ भने धेरै विस्फोटका आवाजहरू पनि सुन्न सकिन्छ।

काउन्टीको नेशनल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेकोले रूसभरि कार्यक्रमहरू रद्द भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रपति पुटिनले राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गरेका छैनन् तर एक उपप्रमुखले भने सो घटनामा परेका मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाम–२ मा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी(काठमाड...

बझाङ मतगणना अपडेट: दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...

पुजा शर्माको ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ । बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ...

इलाम- २ मा काँग्रेसको अग्रता कायमै

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले ...

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराला...

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ह...

बझाङमा एमालेको अग्रता

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...

काठमाडौँको टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले बैशाख १६ गते मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी का...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies