Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

युक्रेनको ऊर्जा पूर्वाधार रूसी आक्रमणको निशानामा

खबरडबली संवाददाता

एजेन्सी । रूसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत सुविधाहरूलाई क्षति पुर्‍याएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख कार्यकारी अधिकारी भोलोदिमिर कुद्रिट्स्कीलाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले युक्रेनी ऊर्जा प्रणालीमा भएको यो हवाई आक्रमण ‘सम्भवत : सबैभन्दा ठूलो आक्रमण’ भएको बताए । 

आक्रमणमा क्रुज क्षेप्यास्त्र, साहेद ड्रोन र ब्यालेस्टिक मिसाइलको प्रयोग गरिएको  कुद्रिट्स्कीले बताए । रुसी सेनाले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टका साथै युक्रेनेर्गोद्वारा सञ्चालित मुख्य पावर सबस्टेशनलाई लक्षित गरेको उनले बताए । 

युक्रेनको दक्षिणी सहर जापोरिजियामा रहेको युक्रेनको सबैभन्दा ठुलो जलविद्युत केन्द्र डिनिप्रोहेसमा आक्रमण भएको युक्रेनको राज्य सञ्चालित जलविद्युत उत्पादन गर्ने कम्पनी युक्रेन हाइड्रोनेर्गोले जनाएको छ ।

आक्रमणपछि डिनिप्रोहेसमा आगलागी भएको तर बाँध टुट्ने कुनै खतरा नभएको कम्पनीले टेलिग्राममार्फत जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा रातारात ६० वटाभन्दा बढी लडाकू ड्रोन र विभिन्न प्रकारका करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रणाली संशोधन आवश्यक छ: डा कोइराला

मोरङ । मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।  आज मोरङको बूढीगङ्गा गाउँपालिका...

यी प्रदेशमा आज राति हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी  प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्...

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने...

एकीकृत समाजवादीको मकवानपुरअध्यक्षमा दाहाल

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन् ।  शनिबार र आइतबार हेटौँडामा सञ्च...

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट आज लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गो...

सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था

काठमाडौं । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ ।  गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनम...

इलाम-२ मा मतान्तर बढाउँदै एमालेका सुहाङ

इलाम । इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्बाङले  मतान्तर बढाउँदै लागेका छन् । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग...

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे ...

बझाङ-१ (क) मा एमाले उम्मेदवार भण्डारीकाे अग्रता कायमै

बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनु...

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्त...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies