Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

देशकै पुरानो चन्द्र नहर धमाधम पुन:निर्माण हुँदै

खबरडबली संवाददाता

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुन:निर्माण सुरु भएको छ ।

जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुन:निर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि  मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताए।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’को पुन:निर्माण गर्ने गरी काम थालिएको उनले बताए। मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ । आगामी  दुई वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले ३१ किलोमिटर नहरको सुरु विन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफन निर्माण गर्न हाज्मासँग सम्झौता गरेको अध्यक्ष यादवले बताए। 

बर्खायाममा बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किका कारण मर्मत गर्नुपरेको हो । समयमा मर्मत समयमा  नहुँदा सिँचाइ सुविधाबाट किसान वञ्चित भएका थिए । २०७३ को बाढीले सुब्बाटोल, बुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म रु नौ करोड खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकामा प्रत्येक हिउँद र बर्खायाममा पानी नपाएका कारण किसानले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउन बाध्य रहेको महदेवा गाउँपालिका पकरीका किसान महेन्द्रप्रसाद यादवले बताए।

चन्द्रनहरको सञ्जाल फराकिलो रहेको भए तापनि विगत ३० वर्षदेखि उक्त नहरमा खेतीको समयमा पानी नआएको कारण ‘स्यालो ट्युबवेल’ तथा आकाशे पानीका भरमा यस क्षेत्रका किसानले खेती गर्दै आएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व...

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश...

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्...

रास्वपा कञ्चनपुरमा विष्ट निर्वाचित

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन् ।  आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको ...

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्र...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। समसामयिक रा...

रविले बोलाएको सर्वदलीय बैठकमा हर्क साम्पाङ अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको जनाएको छ। पार्टीका अध्...

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित थप तीन जना पक्राउ

काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending