Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ।

रास्वपा सभापति रवि लामिछाने ले भारत भ्रमणबाट फर्किएपछि सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा राप्रपाले यस्तो सुझाव दिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ले वैदेशिक सम्बन्धजस्ता संवेदनशील विषयमा अपरिपक्व व्यवहार उपयुक्त नहुने बताए। उनले देश कुनै एक दल वा पक्षको मात्र नभई सबै नागरिकको भएको उल्लेख गर्दै सरकारका गलत गतिविधिको असर सम्पूर्ण देशले भोग्नुपर्ने बताए।

लिङ्देनले प्रधानमन्त्री बालेन शाह ले संसदमा दिएको सीमा सम्बन्धी मन्तव्य र रवि लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको “हामीले विगतको भारी बोक्दैनौं” भन्ने अभिव्यक्तिलाई अपरिपक्व ठहर गरे। उनका अनुसार यस्ता अभिव्यक्तिले कूटनीतिक रूपमा विभिन्न अर्थ दिन सक्ने भएकाले वैदेशिक सम्बन्धका विषयमा सरकार थप संवेदनशील हुन आवश्यक छ।

भारत भ्रमणका क्रममा भएका छलफल तथा उपलब्धिबारे जानकारी गराउने र सरकारका लागि विभिन्न दलका सुझाव संकलन गर्ने उद्देश्यले लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। सहभागीहरूलाई उनले भ्रमणका क्रममा उठेका विषयहरूबारे जानकारी गराएको बताइएको छ।

२१ फागुनको निर्वाचनपछि झन्डै दुई तिहाइ बहुमतसहित सरकार सञ्चालन गरिरहेको रास्वपाले सर्वदलीय बैठक आयोजना गरेको यो पहिलो पटक हो। बैठक समाचार तयार पार्दासम्म जारी रहेको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्री होइन, परराष्ट्र मन्त्रालयले जवाफ दिनुहुन्छ: महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा विवादबारे संसदमा प्रधानमन्त्रीले नभई सम्बन्धित मन्त्रालयले जव...

सर्वदलीय बैठक निष्कर्षविहीन: प्रधानमन्त्रीले नै संसद्‌मा जवाफ दिनुपर्ने विपक्षीको अडान

काठमाडौं । संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयास असफल भएपछि विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्। संसद्‌मा देखिएको अवर...

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध जारी रहने एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने बताएका छन्...

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक: मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लाग...

टीएमसी नेता जहाँगीर खान नेपाल सीमाबाट पक्राउ

कोलकाता । पश्चिम बंगाल प्रहरीको स्पेशल टास्क फोर्सले सोमबार तृणमूल कंग्रेस (टीएमसी)का नेता जहाँगीर खान लाई पक्राउ गरेको छ। उनलाई नेपाल सीमाबाट पक्राउ ...

लुम्बिनीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, मन्त्रालयको जिम्मेवारीसमेत तोकियो

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती ले मन्त्रीहरूलाई शपथ ...

बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मङ्गलबार बस्ने भएको छ। एमाले सचिव...

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शन...

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व...

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending