काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरकारका सकारात्मक रहेको बताएको छन् ।
राष्ट्रियसभाको आजको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले निकुञ्ज र आरक्षभित्रका अति संवेदनशील क्षेत्रबाहेक अन्य स्थानमा उपयुक्त वातावरणीय सुरक्षा अवलम्बन गरी स्थानीय जनतालाई सेवा सुविधा प्रदान गरिने बताए ।
निकुञ्ज र अरक्षमा आश्रित आदिवासी जनजाति, सुकुम्बासीलाई जन्मस्थलमै परम्परागत पेसा गर्न दिने विषयलाई प्रस्तावित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीमा समावेश गरिएको तथा परम्परागत पेसा छाडी नयाँ जीविकोपार्जनका उपाय अवलम्बन गर्नेलाई सरकारी योजना तथा विकास साझेदारसँग सहकार्य गरी सीप र उद्यम विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री साहले बताए ।
आरक्षबाट उठेको राजस्वमध्ये ५० प्रतिशत स्थानीय तहले खर्च गर्न पाउने विषयसँग मन्त्रालय पूर्णरुपमा सहमत रहेको उल्लेख गर्दै मन्त्री साहले त्यसका लागि अर्थ मन्त्रालयले बजेटमा ५० प्रतिशत थप गरी विनियोजन गर्नुपर्ने बताए । “निकुञ्जको रहोबरमा स्थानीय तहले मध्यवर्ती क्षेत्रका ढुङ्गा, गिट्टी तथा बालुवाको व्यवस्थापन गर्ने विषयप्रति मन्त्रालय सकारात्मक छ”, उनले भने, “यस विषयलाई मध्यवर्ती क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ नियमावलीमा समावेश गर्नेछौँ ।”
त्यसअघि उक्त प्रतिवेदनमाथि सांसद राजेन्द्रलक्ष्मी गैरे, पदमबहादुर परियार, गोपाल भट्टराई, भुवनबहादुर सुनार, गङ्गाकुमारी बेलवासे, दुर्गाकुमारी गुरुङ, नारायणदत्त मिश्र, कमला पन्त, नरबहादुर विष्ट, उदयबहादुर बोहोरा, सुमित्रा विसी, तुलसाकुमारी दाहाल, जयन्तीदेवी राई र विष्णुदेवी पुडासैनीले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरणमा सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएको थिए ।
बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतबाट स्वीकृत भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...




प्रतिकृया लेख्नुहोस्: