झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।
आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१/१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसीलगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमावासी सहभागी छन्।
झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म एक सय ४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले सीमामा बासिन्दा वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरुका गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताए। उनले सीमामा तैनाथ सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ खट्न निर्देशनसमेत दिए ।
सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बलले सीमाका बासिन्दासँग सहकार्य अघि बढाउने उद्देश्यले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियान घोषणा गरेको थियो । अभियानका क्रममा सीमावासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्याइने सशस्त्र प्रहरी बल २ नं। गणका गणपति राईले जानकारी दिए।
उक्त सहयोग सशस्त्र प्रहरी बलको कल्याणकारी कोषबाट उपलब्ध गराइने बताइएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी, अल्पसङ्ख्यक, जनजाति, दलित र विपन्न समुदायलाई सहयोगमा प्राथमिकता दिइने उनले बताए ।
सोअन्तर्गत सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ विद्यार्थीलाई वार्षिक रु १२ हजारका दरले शैक्षिक छात्रवृत्ति र दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म नि:शुल्क अध्ययनको व्यवस्था गरिने जानकारी दिइएको छ । सीमा लक्षित बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सीमामा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई वार्षिक चार प्रतिशत ब्याजदरमा रु पाँच लाखदेखि रु १० लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने कार्यक्रम रहेको जनाइएको छ ।
झापाका सीमा जोडिएका २१ वडामा सीमा सहजिकरण समिति गठन गरिएको छ । भौगोलिक सीमारेखाको सुरक्षाका साथै अन्तरदेशीय अपराध र अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बलले वास्तविक सीमा रक्षकको भूमिकामा रहेका सीमाका बासिन्दासँग हार्दिक सहकार्य गर्ने नीति लिएको गणपति राईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १७:२४
भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...
चैत्र ८ गते, २०८२ - १७:०१
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...
चैत्र ८ गते, २०८२ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:२९
ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...
चैत्र ८ गते, २०८२ - १६:१५
काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...
चैत्र ८ गते, २०८२ - १५:५८
काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...
चैत्र ८ गते, २०८२ - १५:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...


प्रतिकृया लेख्नुहोस्: