Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

युक्रेनलाई असफल हुन नदिने अमेरिकाकाे वाचा

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मङ्गलबार कांग्रेसमा थप सहायता रोकिएर किएभको सेनाले हतियारको अभाव सामना गर्नुपरे पनि अमेरिकाले युक्रेनलाई रुससँगको युद्धमा असफल हुन नदिने वाचा गरेका छन् । 

रिपब्लिकन नेतृत्वको हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनका लागि ६० अर्ब डलरको सहायता प्याकेज रोकेको छ । अमेरिकाले हालैको ३० करोड डलरको प्याकेज केही सातासम्म मात्र रहने चेतावनी दिएको छ ।

“संयुक्त राज्य अमेरिका युक्रेनलाई असफल हुन दिने छैन”, अस्टिनले जर्मनीमा युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकमा भने, “हामी युक्रेनलाई क्रेमलिनको आक्रमणको विरोध गर्नका लागि आवश्यक संसाधन उपलब्ध गराउन प्रतिबद्ध छौँ ।” समर्थकहरूले किएभका लागि थप सहायता सुनिश्चित गर्न माग गरिरहेका छन् ।

वासिङ्टनले गत साता युक्रेनका लागि ३० करोड डलरको सहायता घोषणा गरेको थियो तर अस्टिनले भर्खरैको खरिदमा बचतका कारण उक्त सहायता उपलब्ध गराउन सम्भव हुन सकेको बताए । “हामीले केही अप्रत्याशित सम्झौता बचत पहिचान गरेर यसलाई अत्यावश्यक प्याकेजको समर्थन गर्न सक्षम भयौँ”, उनले भने । 

एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक विज्ञप्तिमा भने, “कांग्रेसले चाँडै आवश्यक प्रक्रियाहरू पूरा गरी किएभका लागि सहायताबारे अन्तिम निर्णय लिनु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण छ ।”

“रुसले (भ्लादिमिर पुटिन) पुटिनको शासनको सपनाहरूका लागि अचम्मको मूल्य चुकाएको छ, युक्रेनविरुद्ध आफ्नो आक्रामणलाई सुसज्जित गर्न, तैनाथ गर्न, मर्मत र कायम राख्नका लागि दुई खर्ब ११ अर्ब डलरसम्म प्रयोग गरेको छ”, रक्षामन्त्री अस्टिनले मङ्गलबार आफ्नो टिप्पणीमा भने, “सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता कम्तीमा तीन लाख १५ हजार रुसी सैनिक मारिए वा घाइते भए र युक्रेनले करिब २० वटा मध्यमदेखि ठूला रुसी नौसैनिक जहाजहरूलाई डुबाइदिएको, नष्ट गरेको वा क्षतिग्रस्त बनाएको छ ।”

अस्टिन र अमेरिकी अधिकारीहरूले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनको नेतृत्व गरेका छन् । उनिहरूले रुसको आक्रमणपछि किएभलाई समर्थन गर्नका लागि तुरुन्तै एउटा गठबन्धन बनाएर दर्जनौँ मुलुकबाट सहायताको समन्वय गरेका छन् । 

रामस्टेन अमेरिकी बेसमा जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनले युक्रेनलाई पाँच लाख युरोको थप सैन्य सहायता प्रस्ताव गरेको बताए । “यसमा हाम्रा सशस्त्र बलहरूको भण्डारबाट १० हजार राउन्ड गोलाबारुद समावेश छ”, उनले भने । 

वासिङ्टनपछि जर्मनी युक्रेनलाई सैन्य सहायता दिने दोस्रो सबैभन्दा ठूलो दाता हो । जर्मनीले सन् २०२२ फेब्रुअरीमा किएभलाई सहयोग दिनका लागि दशौँ अर्ब डलरको प्रतिबद्धता व्यक्त गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: