Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

युक्रेनलाई असफल हुन नदिने अमेरिकाकाे वाचा

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मङ्गलबार कांग्रेसमा थप सहायता रोकिएर किएभको सेनाले हतियारको अभाव सामना गर्नुपरे पनि अमेरिकाले युक्रेनलाई रुससँगको युद्धमा असफल हुन नदिने वाचा गरेका छन् । 

रिपब्लिकन नेतृत्वको हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनका लागि ६० अर्ब डलरको सहायता प्याकेज रोकेको छ । अमेरिकाले हालैको ३० करोड डलरको प्याकेज केही सातासम्म मात्र रहने चेतावनी दिएको छ ।

“संयुक्त राज्य अमेरिका युक्रेनलाई असफल हुन दिने छैन”, अस्टिनले जर्मनीमा युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकमा भने, “हामी युक्रेनलाई क्रेमलिनको आक्रमणको विरोध गर्नका लागि आवश्यक संसाधन उपलब्ध गराउन प्रतिबद्ध छौँ ।” समर्थकहरूले किएभका लागि थप सहायता सुनिश्चित गर्न माग गरिरहेका छन् ।

वासिङ्टनले गत साता युक्रेनका लागि ३० करोड डलरको सहायता घोषणा गरेको थियो तर अस्टिनले भर्खरैको खरिदमा बचतका कारण उक्त सहायता उपलब्ध गराउन सम्भव हुन सकेको बताए । “हामीले केही अप्रत्याशित सम्झौता बचत पहिचान गरेर यसलाई अत्यावश्यक प्याकेजको समर्थन गर्न सक्षम भयौँ”, उनले भने । 

एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक विज्ञप्तिमा भने, “कांग्रेसले चाँडै आवश्यक प्रक्रियाहरू पूरा गरी किएभका लागि सहायताबारे अन्तिम निर्णय लिनु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण छ ।”

“रुसले (भ्लादिमिर पुटिन) पुटिनको शासनको सपनाहरूका लागि अचम्मको मूल्य चुकाएको छ, युक्रेनविरुद्ध आफ्नो आक्रामणलाई सुसज्जित गर्न, तैनाथ गर्न, मर्मत र कायम राख्नका लागि दुई खर्ब ११ अर्ब डलरसम्म प्रयोग गरेको छ”, रक्षामन्त्री अस्टिनले मङ्गलबार आफ्नो टिप्पणीमा भने, “सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता कम्तीमा तीन लाख १५ हजार रुसी सैनिक मारिए वा घाइते भए र युक्रेनले करिब २० वटा मध्यमदेखि ठूला रुसी नौसैनिक जहाजहरूलाई डुबाइदिएको, नष्ट गरेको वा क्षतिग्रस्त बनाएको छ ।”

अस्टिन र अमेरिकी अधिकारीहरूले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनको नेतृत्व गरेका छन् । उनिहरूले रुसको आक्रमणपछि किएभलाई समर्थन गर्नका लागि तुरुन्तै एउटा गठबन्धन बनाएर दर्जनौँ मुलुकबाट सहायताको समन्वय गरेका छन् । 

रामस्टेन अमेरिकी बेसमा जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनले युक्रेनलाई पाँच लाख युरोको थप सैन्य सहायता प्रस्ताव गरेको बताए । “यसमा हाम्रा सशस्त्र बलहरूको भण्डारबाट १० हजार राउन्ड गोलाबारुद समावेश छ”, उनले भने । 

वासिङ्टनपछि जर्मनी युक्रेनलाई सैन्य सहायता दिने दोस्रो सबैभन्दा ठूलो दाता हो । जर्मनीले सन् २०२२ फेब्रुअरीमा किएभलाई सहयोग दिनका लागि दशौँ अर्ब डलरको प्रतिबद्धता व्यक्त गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending