Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

विभिन्न स्थानमा भएका आगलागीबाट लाखौंको क्षती

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । सुख्खा समय सुरु भए सँगै देशभर आगलागीका घटना बढ्दै गएका हुन् । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ पातिहातेलस्थित नमुना सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भुपाल घिमिरेको गोठमा समेत आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

यसैगरी बझाङको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडकमा पिच गर्ने क्रममा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ । 

उक्त  आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ बस्ने २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको  छ ।

यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ नाल्वो सामुदायिक भवनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने रुद्र फुयाल र यमनाथ घिमिरेको घरमा समेत आगलागी हुँदा करिब १४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुरको  उदयपुरगढी गाउँपालिका–४ साटेजबोस्थित ठूलो वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने गंगा बहादुर थापा क्षेत्री समेत ३ जनाको घर र गुवाली जलेर करिब १३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

उदयपुरकै त्रियुगा नगरपालिका–७ काली खोला पाखा टोलमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने डिक बहादुर मगर समेत ६ जनाको ६ वटा  गुवालीहरूमा आगलागी हुँदा करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ  ।

यसैगरी उदयपुरकै कटारी नगरपालिका–८ पट्नाभञ्झ्याङस्थित पट्नहरी सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको दिल कुमारी राउत मगरको घर र सँगै रहेको कुखुराको खोरमा समेत आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कालिकोटको खाडाँचक्र नगरपालिका–१० बुद्वेकाडा बस्ने ४४ वर्षीय धन बहादुर शाहीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–१ चुप्पादिनस्थित चुप्पादिन सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने प्रकाश मगरको घर, सशिधर अधिकारीको भान्सा घर र उदय कुमार मगरको सुंगुरको खोरमा समेत आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै सिरहाको  नरहा गाउँपालिका–३ मुसहरी टोलस्थित कुखुरा फर्ममा सोमबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरीको  बराहक्षेत्र नगरपालिका–६ संगम चोक बस्ने समशेर बहादुर खत्रीको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेरर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै सबै आगलागीका घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending