Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

विभिन्न स्थानमा भएका आगलागीबाट लाखौंको क्षती

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । सुख्खा समय सुरु भए सँगै देशभर आगलागीका घटना बढ्दै गएका हुन् । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ पातिहातेलस्थित नमुना सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भुपाल घिमिरेको गोठमा समेत आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

यसैगरी बझाङको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडकमा पिच गर्ने क्रममा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ । 

उक्त  आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ बस्ने २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको  छ ।

यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ नाल्वो सामुदायिक भवनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने रुद्र फुयाल र यमनाथ घिमिरेको घरमा समेत आगलागी हुँदा करिब १४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुरको  उदयपुरगढी गाउँपालिका–४ साटेजबोस्थित ठूलो वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने गंगा बहादुर थापा क्षेत्री समेत ३ जनाको घर र गुवाली जलेर करिब १३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

उदयपुरकै त्रियुगा नगरपालिका–७ काली खोला पाखा टोलमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने डिक बहादुर मगर समेत ६ जनाको ६ वटा  गुवालीहरूमा आगलागी हुँदा करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ  ।

यसैगरी उदयपुरकै कटारी नगरपालिका–८ पट्नाभञ्झ्याङस्थित पट्नहरी सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको दिल कुमारी राउत मगरको घर र सँगै रहेको कुखुराको खोरमा समेत आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कालिकोटको खाडाँचक्र नगरपालिका–१० बुद्वेकाडा बस्ने ४४ वर्षीय धन बहादुर शाहीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–१ चुप्पादिनस्थित चुप्पादिन सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने प्रकाश मगरको घर, सशिधर अधिकारीको भान्सा घर र उदय कुमार मगरको सुंगुरको खोरमा समेत आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै सिरहाको  नरहा गाउँपालिका–३ मुसहरी टोलस्थित कुखुरा फर्ममा सोमबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरीको  बराहक्षेत्र नगरपालिका–६ संगम चोक बस्ने समशेर बहादुर खत्रीको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेरर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै सबै आगलागीका घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies