Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताएका छन् । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ । 

एकहत्तर वर्षीय पुटिनका सबै प्रमुख प्रतिद्वन्द्वी मरिसकेका छन्, कारागारमा छन् वा निर्वासित छन् । साथै उनले युक्रेनमा आफ्नो शासन वा सेनाको आक्रमणको सार्वजनिकरूपमा विरोध गर्ने जोकोहीमाथि कठोर कारवाही गरेका छन् । 

“म तपाईंको समर्थन र यो विश्वासका लागि तपाईं र मुलुकका सबै नागरिकलाई धन्यवाद दिन चाहन्छु”, मतदान समाप्त भएको केही घन्टापछि सोमबार बिहान मस्कोमा आफ्नो निर्वाचन अभियान मुख्यालयमा पत्रकार सम्मलेनमा पुटिनले भने, “जसले जति धम्की दिन वा हाम्रो इच्छाशक्ति र हाम्रो चेतनालाई दबाउन चहेको भए पनि यसबाट कुनै फरक पर्दैन, इतिहासमा कोही पनि यस्तो तरिकाले सफल भएको छैन, यसले अब काम गर्दैन र भविष्यमा पनि कहिल्यै गर्नेछैन ।”

सरकारी समाचार एजेन्सी आरआइएका अनुसार आधिकारिक निर्वाचन निर्वाचन आँकडाले ९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रले दिएको परिणाममा पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् । कुनै पनि वास्तविक प्रतिस्पर्धाको सामना गर्नु नपरेको राष्ट्रपति निर्वाचनमा यो उनको रेकर्ड जित हो । 

तीन दिने निर्वाचनमा घातक युक्रेनी बमबारी, किएभ समर्थक तोडफोड समूहहरू र मतदान केन्द्रहरूमा तोडफोडले रुसी क्षेत्रमा घुसपैठमा वृद्धि भएको थियो । क्रेमलिनले निर्वाचनलाई रुसीहरूका लागि युक्रेनमा पूर्णस्तरको सैन्य अभियानपछाडि आफ्नो समर्थन दिन एउटा अवसरका रूपमा लिएको थियो । रुस नियन्त्रित क्षेत्रमा पनि मतदान भएको थियो ।

पुटिनले मस्कोमा निर्वाचनपछि आफ्नो भाषणमा युक्रेनमा लडिरहेका रुसी सैनिकहरूलाई विशेष धन्यवाद दिए । साथै उनले एक सातापछि पनि युक्रेनले रुसमाथि आफ्ना केही सबैभन्दा महत्त्वपूर्ण हवाई हमला र युक्रेन समर्थक मिलिसियाले रुसी सीमावर्ती गाउँहरूमा सशस्त्र हमला सुरु गरे पनि आफ्नो सेनालाई युद्धको मैदानमा ठूलो फाइदा भएको बताए । 

किएभ र उसका सहयोगीहरूले मतदानलाई नाटक भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई ‘सत्ताको नशामा डुबेको तानाशाह’ भन्दै आलोचना गरे । “आफ्नो व्यक्तिगत शक्ति बढाउनका लागि प्रतिबद्धता गर्नु कुनै खराबी होइन”, उनले भने । 

मतदानको पहिलो दिन शुक्रबार युरोपेली सङ्घ (इयु) का प्रमुख चार्ल्स मिसेलले पुटिनलाई उनको ‘प्रचण्ड जीत’ मा व्यङ्ग्यात्मक तरिकाले बधाई दिएका थिए । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले विरोध प्रदर्शनमा आफ्नो आवाज थप्दै भने, “यो स्वतन्त्र र निष्पक्ष निर्वाचन जस्तो देखिँदैन ।” अमेरिकाले मस्कोले कब्जा गरेका युक्रेनी क्षेत्रहरूमा मतदान गराएकामा आलोचना गरेको छ ।

भेनेजुएला, निकारागुवा, क्युबा र बोलिभियाका नेताहरूले पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिएका छन् । 

पुटिनले अर्को एक पूर्ण क्रेमलिन कार्यकाल पूरा गरे । उनि १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उनि सबैभन्दा लामो समय सत्तामा रहने छन् । 

पुटिनका प्रमुख प्रतिद्वन्द्वी दवङ्गत एलेक्सी नभाल्नीले उनको अपरिहार्य जीतलाई बिगार्ने प्रयास गरेका थिए । उनले मतदाताहरूलाई मध्याह्नमा मतदान केन्द्रहरूमा भीड बढाउन र आफ्नो मतपत्र बिगार्न आग्रह गरेका थिए । नभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो । 

पुटिनलाई चीनको बधाई

यसैबीच रुसको प्रमुख सहयोगी चीनले सोमबार राष्ट्रपति पुटिनलाई चुनाव जितेकामा बधाई दिएको छ । “चीन यसका लागि बधाई व्यक्त गर्दछ”, नियमित पत्रकार सम्मेलनमा मतदानका बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “चीन र रुस नयाँ युगमा एकअर्काका सबैभन्दा ठूलो छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदार हुन् ।”

“राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति पुटिनको रणनीतिक मार्गनिदेर्शनमा चीन–रुस सम्बन्ध अगाडि बढिरहनेछ भन्ने हाम्रो दृढ विश्वास छ”, यस वर्ष दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै प्रवक्ता लिनले भने, “दुवै राष्ट्राध्यक्षले घनिष्ठ आदानप्रदान जारी राख्न, दुवै मुलुकबीच लामो समयदेखिको असल छिमेकी मित्रतालाई कायम राख्न, व्यापक रणनीतिक समन्वयलाई गहिरो बनाउन र नयाँ युगमा चीन–रुस सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न नेतृत्व गर्नुहुनेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending