Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

सीमा पिल्लर मर्मत: नेपाली पक्ष तीव्र, भारतीय सुस्त

खबरडबली संवाददाता

बारा। नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा मर्मत सुरु गरिएको हो । 

यसअघि नापी विभागबाट सिमा स्तम्भ मर्मत गरिन्थ्यो तर २०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो ।

सरकारबाट मर्मतसम्भार गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण, र प्रसौनी गाउँपालिकासंग सिमा जोडीएको नेपाल भारतको ६० किलो मिटर सिमा क्षेत्रमा रहेको ६ सय ८६ स्तम्भ छन् ।

बारामा रहेको ६ सय ८६ स्तम्भ मध्य भारतले जोड नम्बरका र नेपालले विजोड नम्बरका सिमा स्तम्भ मर्मत गर्ने सहमति अनुसार नेपालले मर्मत सुरु गर्न थालेका हुन ।

एक सय १४ वटा सिमा स्तम्भ भध्य हाल एक सय १२ वटा सिमा स्तम्भ मर्मत, रंगरोहन गर्ने काम भईरहेको छ भने दुई वटा स्तम्भ पुनर्स्थापना गनुपर्ने देखिएको हो । यी दुई स्तभ्भ पुण रुपमा क्षेती भई भत्किएको छ भने पुण रुपमा क्षेती भएको स्तभ्भ पुनर्स्थापना भने अर्को सीमा कार्य समूह ९बिडब्लुजी०को बैठकले निर्णय पछि मात्रै हुने बताईएको छ ।

नेपालले सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले जानकारी दिए । पछिल्लो केही वर्षयता बाराका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो । लामो समयसम्म सीमा स्तम्भ मर्मतको काम नहुँदा बनाइएका स्तम्भ भत्किएका थिए ।
‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सीमा स्तम्भ मर्मतको काम अघि बढाएको हो,’ सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बहादुर सिंहले भने– ‘जोर नम्बर भएको सिमा स्तम्भ भारत तर्फबाट र बिजोर नम्बर रहेको सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फवाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ।’

सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले बताए ।

पूर्वमा रौतहट र पश्चिममा पर्साको सिमानासम्म ६० किलोमिटरमा बारा जिल्लामा मात्रै ६ सय ८६ वटा सिमा स्तम्भ छन् । यीमध्ये अहिले १ सय १२ वटा जीर्ण स्तम्भ मर्मत भएका छन् । ती मध्य दुईवटा सीमा स्तम्भ पुनर्स्थापना गर्नुपर्ने छ। सिमामा तिन किसिमका स्तम्भ छन, मुख्य स्तम्भ जग्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकार रहेका छन । नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा–आधा पिल्लर बनाउने सहमति भएको थियो ।

भारतीय पक्ष सुस्त
भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरु मर्मत गर्ने जिम्मा एसएसबीले पाएको छ तर भारतीय तर्फले जिम्मा पाएका पिल्लर मर्मत भने सुस्त गतिमा भइरहेको पाइएको छ । जोर नम्बर भएको सिमा स्तम्भको मर्मत तथा रंगरोहन भारतले गर्ने सहमति भएतापनि भारतले भने क्षतिग्रस्त भएका स्तम्भको मर्मतका निम्ती कुनै कार्य गरेको छैन ।

भारतीय एसएसबीका अनुसार भारतीय पक्षले समयमै काम पूरा गर्ने बताएको छ । एसएसबीले भारततर्फ निर्माण कार्यमा सुस्तता देखिएको कारण बजेटको अभावमा कामले गति नलिएको र भारत सरकारले समयमै पूरा गर्छौं भनेको हुदाँ चाडैँ बजेट आउने उनले बताए ।

सन् २००७ मा नेपाली प्राविधिक टोलीले गरेको अध्ययनअनुसार नेपाल–भारतको सीमा क्षेत्रमा नदीमा रहेको ६४० सहित झण्डै ८ हजार पिल्लरहरु भेटिएका थिए । जमिनमा रहेका १ हजार २ सय ४० वटा पिलर हराएको पाइएको थियो । नेपालको सर्भे विभागका अनुसार त्यतिखेर २ हजार ५ सय पिल्लर मर्मत गर्नुपर्ने र ४ सय वटा पिल्लर नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो ।

नेपालको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका क्षेत्रमा बेला–बेला विवाद आउने गर्छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण सीमास्तम्भको सुरक्षा सधैं चासोको विषय बन्ने गरेको हो ।
 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभामा विपक्षी अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...

नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्री होइन, परराष्ट्र मन्त्रालयले जवाफ दिनुहुन्छ: महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा विवादबारे संसदमा प्रधानमन्त्रीले नभई सम्बन्धित मन्त्रालयले जव...

सर्वदलीय बैठक निष्कर्षविहीन: प्रधानमन्त्रीले नै संसद्‌मा जवाफ दिनुपर्ने विपक्षीको अडान

काठमाडौं । संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयास असफल भएपछि विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्। संसद्‌मा देखिएको अवर...

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध जारी रहने एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने बताएका छन्...

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक: मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लाग...

टीएमसी नेता जहाँगीर खान नेपाल सीमाबाट पक्राउ

कोलकाता । पश्चिम बंगाल प्रहरीको स्पेशल टास्क फोर्सले सोमबार तृणमूल कंग्रेस (टीएमसी)का नेता जहाँगीर खान लाई पक्राउ गरेको छ। उनलाई नेपाल सीमाबाट पक्राउ ...

लुम्बिनीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, मन्त्रालयको जिम्मेवारीसमेत तोकियो

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती ले मन्त्रीहरूलाई शपथ ...

बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मङ्गलबार बस्ने भएको छ। एमाले सचिव...

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शन...

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending